नेपालमा कोरोनाको चौथो लहर सुरु भएसँगै २१ देखि ३० वर्ष उमेर समूह व्यक्ति बढी सङ्क्रमित भएका छन् ।
काठमाडौं, साउन ३ गते । कोरियन प्रविधिको 'स्यान्ड्विच प्यानल' उत्पादन गर्ने कम्पनी 'एसवाई प्यानल नेपाल'ले टिकटक प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा भाग लिने प्रतियोगिले कम्पनिको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्नेछ । प्रतियोगितामा साउन ०६ गतेदेखि भदौ ०६ गतेसम्म भिडियो पोस्ट गरिसक्नुपर्नेछ । पहिलो विजेताले डेढ लाख नगद रुपियाँ पाउनेछन् । दोस्रो (दुई जना) प्रतिव्यक्तिले एक लाख नगद रुपियाँ पाउनेछन् । त्यस्तै तेस्रो (तीन जना) प्रतिव्यक्तिलाई ७५ हजार प्रदान गरिनेछ भने चौंथो चार जना प्रतिव्यक्तिलाई ४० हजार र पाचौं वा पाँच जनालाई ३० हजारका दरले पुरस्कार स्वरुप नगद प्रदान गरिने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिनुभयो ।प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाई छनौट गरि ३० प्रतिशत लाइकको आधारमा ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भिउज, मोस्ट शेयर, मोस्ट कमेन्टको आधारमा विजयी घोषणा गरिने जनाएको छ ।भाद्र १० गते पुरस्कार वितरण गरिनेछ भने भिडियो सिर्जनात्मक र सभ्य हुनुपर्नेछ । टिकटक बनाइसकेपछि अनिवार्य रुपमा @SY_NEPAL मा ट्याग गर्नुपर्नेछ भने ह्यासट्यागको रुपमा #synepal #sayyes प्रयोग गर्नुपर्नेछ ।महाप्रबन्धक साहका अनुसार नेपाल सरकारको नियम अनुसार लाग्ने कर विजेता स्वयंले ब्यहोर्नुपर्नेछ ।कोरियाली कम्पनी एसवाई प्यानलद्वारा उत्पादन भएका फेब्रिकेटेडको प्रयोग गरी घर, भवन लगायत निर्माण भइरहेको छ । नेपालमा एसवाई प्यानल लोकप्रिय हुँदै गइरहेको छ ।
झापामा कोरोना सङ्क्रमणदर बढ्न थालेको भन्दै झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षमा बसेको विपद् व्यवस्थापन समितिले तत्काल यसको रोकथामका लागि सबै प्रकारका आवश्यक तयारी गर्ने र सय बेडको होल्डिङ सेन्टरलाई दुरुस्त राख्ने निर्णय गरेको छ।
नेप्से परिसूचक पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि भएको छ। मङ्गलबार नेप्से परिसूचक १६.२७ अंक बढेर २०४५.६९ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक बढेको छ।
नेपालमा कोरोनाको चौथो लहरमा प्रवेश गरेसँग सङ्क्रमणदर बढ्दो क्रममा छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार पछिल्लो २४ घण्टामा ३५७ जनामा कोरोना सङ्कमित थपिएका जनाएको छन् ।
नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधिन रहेका अर्थतन्त्रसँग सम्वन्धित बिभिन्न विधेयकलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ । सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटबार्तामा चेम्बरले सम्वन्धित विभिन्न एघार वटा विधेयकहरु अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिनुभएको छ ।
आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्षमा चार अर्ब ८८ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा कुल पाँच अर्ब १० करोड रुपियाँ राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत राजस्व सङ्कलन गरेको उल्लेख गरेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको सम्बन्धमा बिहीबार सम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिनुभएको छ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कसैलाई मन लाग्दैमा सङ्घीयता खारेज नहुने बताउनुभएको छ । विराटनगरमा मंगलबार प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले नेपालको संविधान सहमतिमा बनेकाले कुनै एक जनालाई चाहना हुँदैमा संघीयता खारेज नहुने बताउनुभएको हो ।
मौसमविद्हरुले मनसुन निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । मौसमविद्ले केही दिन यता मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाले इन्डोनेसियाबाट मङ्गलबार तीन वटा दमकल ल्याएको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालनतर्फको दोस्रो चरणको नतिजा सार्वजानिक भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार दोस्रो चरणका लागि गत असार १३ गतेदेखि २२ गतेसम्म भएको परीक्षामा सहभागीमध्ये एक हजार १०३ जना उत्तीर्ण भएका हुन् । दोस्रो चरणका लागि चार हजार २५८ जनाले आवेदन दिएकामा परीक्षामा तीन हजार १३ जना सहभागी भएका थिए ।
बाराको निजगढमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न विज्ञ समूह गठन गरेर अध्ययन अगाडि बढाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले विमानस्थल निर्माणबारे अध्ययन गर्न विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ । सो प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको छ ।