• २८ वैशाख २०८१, शुक्रबार

कोरोना पुष्टि हुनेमा २१ देखि ३० वर्ष उमेर समूहका बढी

blog

काठमाडौं, साउन ३ गते । नेपालमा कोरोनाको चौथो लहर सुरु भएसँगै २१ देखि ३० वर्ष उमेर समूह व्यक्ति बढी सङ्क्रमित भएका छन् ।

पछिल्लो २४ घण्टाको तथ्याङ्क सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३५७ जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ ।

सङ्क्रमित पुष्टि भएकामध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । सो उमेर समूहका ८४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, ३१ देखि ४० वर्ष उमेर समूहका ४१ जना, ४१ देखि ५० वर्ष उमेर समूहका  ४१ जना, ५१ देखि ६० वर्ष उमेर समूहका २५ जना र ६० देखिमाथि उमेर समूहका ३८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी, ११ देखि २० वर्ष उमेर समूहका १७ जना र १० वर्ष तलका पाँचजना बालबालिका कोरोनाबाट सङ्क्रमित भएका छन् ।