• २८ वैशाख २०८१, शुक्रबार

'एसवाई प्यानल'को टिकटक प्रतियोगिता

blog

काठमाडौं, साउन ३ गते । कोरियन प्रविधिको 'स्यान्ड्विच प्यानल' उत्पादन गर्ने कम्पनी 'एसवाई प्यानल नेपाल'ले टिकटक प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा भाग लिने प्रतियोगिले कम्पनिको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्नेछ  ।  

प्रतियोगितामा साउन ०६ गतेदेखि भदौ ०६ गतेसम्म भिडियो पोस्ट गरिसक्नुपर्नेछ ।  

पहिलो विजेताले डेढ लाख नगद रुपियाँ पाउनेछन् । दोस्रो (दुई जना) प्रतिव्यक्तिले एक लाख नगद रुपियाँ पाउनेछन् । त्यस्तै तेस्रो (तीन जना) प्रतिव्यक्तिलाई ७५ हजार प्रदान गरिनेछ भने चौंथो चार जना प्रतिव्यक्तिलाई ४० हजार र पाचौं वा पाँच जनालाई ३० हजारका दरले पुरस्कार स्वरुप नगद प्रदान गरिने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिनुभयो ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाई छनौट गरि ३० प्रतिशत लाइकको आधारमा ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भिउज, मोस्ट शेयर, मोस्ट कमेन्टको आधारमा विजयी घोषणा गरिने जनाएको छ ।

भाद्र १० गते पुरस्कार वितरण गरिनेछ भने भिडियो सिर्जनात्मक र सभ्य हुनुपर्नेछ । टिकटक बनाइसकेपछि अनिवार्य रुपमा @SY_NEPAL मा ट्याग गर्नुपर्नेछ भने ह्यासट्यागको रुपमा #synepal #sayyes प्रयोग गर्नुपर्नेछ ।

महाप्रबन्धक साहका अनुसार नेपाल सरकारको नियम अनुसार लाग्ने कर विजेता स्वयंले ब्यहोर्नुपर्नेछ ।

कोरियाली कम्पनी एसवाई प्यानलद्वारा उत्पादन भएका फेब्रिकेटेडको प्रयोग गरी घर, भवन लगायत निर्माण भइरहेको छ । नेपालमा एसवाई प्यानल लोकप्रिय हुँदै गइरहेको छ ।