भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारले खर्च विवरण नबुझाएको पाइएको छ । निर्वाचन कार्यालय जाजरकोटले का अनुसार कुल एक हजार २९८ जना उम्मेदवार मध्य हालसम्म ५५२ जनाले मात्र खर्च विवरण बुझाएका छन् ।
नेपालका प्राचीन संस्कृतिअनुरूप साउन १ गते साँझ घरघरमा लुतो फाल्ने प्रचलन छ । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस क्रममा प्रयोग गरिने सामग्रीबारेको जानकारी नयाँ पुस्तामा खासै छैन । ‘लुतो लैजा, पिलो लैजा, रोग लैजा भन्दै चिच्याउँदै’ ८१ वर्षीय तुलसीराम विष्ट साउने सङ्क्रान्तिका दिन लुतो फालेको सम्झिनुहुन्छ ।
गुराँस गाउँपालिकामा शुक्रबार साँझ करार कर्मचारीले गरेको आन्दोलनमा भएको गोलीकाण्डको सत्य तथ्य बुझ्न छानबिन समिति गठन गरिएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकपछि दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव ज्ञानमणि नेपालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
‘कबड्डी–४ : द फाइनल म्याच’ ले बक्स अफिसमा ५१औँ दिन मनाएको छ । घरेलु बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने चलचित्रको रेकर्ड राख्दै शनिबार ५१ दिन पार गरेको हो । जेठ १३ गतेदेखि प्रदर्शन भइरहेको चलचित्र अहिले पनि काठमाडौँका मल्टिप्लेक्समा चलिरहेको छ । नेपालमा मात्र नभई फिल्मले विदेशी बजारमा पनि नयाँ–नयाँ रेकर्ड राखेको छ ।
मेरो मनले खाएका थोरै भेनाजुहरू हुनुहुन्छ । उहाँहरूमध्ये सन्तबहादुर राईको शालीनता, प्रशासनिक क्षमता, मुगाधन राईको जुझारु भावना र शरदचन्द्र शर्मा भट्टराईको धैर्य, लगनशीलता र प्राज्ञिक चेतनासँग म कायल छु ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले लागू गरेको निःशुल्क भिसा र टिकटको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने बताउनुभएको छ । वैदेशिक रोजगार पत्रकार समूहसँग आइतबार मन्त्रालयमा भएको भेटमा मन्त्री कुँवरले विगतमा जे भए पनि अब यसलाई कडाइका साथ कार्यान्वयन गर्ने बताउनुभएको हो ।
नेपाली पत्रकारिताको प्रथम पुस्ताका पत्रकार पन्नालाल गुप्त चाचाजीबारे पत्रकार सन्तोष रेग्मीले बनाएको वृत्तचित्र ‘चाचाजी’ युट्युबमा सार्वजनिक गरिएको छ । पत्रकार रेग्मीको लेखन÷निर्देशन एवं निर्माण रहेको चाचाजीको यसअघि नेपालगञ्जमा विशेष प्रदर्शनी गरिएको थियो ।
आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटको करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेशको छानबिन गरिरहेको संसदीय विशेष समितिलाई सीसीटीभी फुटेज दिन अर्थ मन्त्रालयले आनाकानी गरेको छ । मन्त्रालयलाई दुई पटक ताकेता गर्दा पनि जेठको सीसीटीभी फुटेज समितिले नपाएको हो तर असार महिनाको फुटेज भने समितिलाई मन्त्रालयले दिएको छ । समितिलाई जेठको फुटेज भए वा नभएको जवाफसमेत मन्त्रालयले दिएको छैन । लिखित रूपमा फुटेज भए वा नभएको जानकारी दिन समितिले मन्त्रालयलाई पुनः ताकेता गरेको छ । समितिले बिहीबार दिउँसो २ बजेसम्मको समय दिएर पहिलो पटक फुजेट मागेको थियो । समयमा प्राप्त नभएपछि स
हिँड्दाहिँड्दै पैतालाले बाटोसँग सोध्यो म हिँड्दा त दुख्छ भने टेकिनेलाई कति दुख्यो गणेश रसिकलाई हामीले चिनेको धेरै भयो । र, यो परिचय अभेद्य उचाइमा छ ।
तनहुँमा आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका लागि आएको विकास बजेट खर्च हुन नसक्दा तीन अर्ब २५ करोडभन्दा बढी रकम फिर्ता (फ्रिज) भएको छ । सङ्घ तथा प्रदेश सरकारको गरी सो रकम फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ ।
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका छन् ।
शताब्दी–शताब्दीदेखि तिम्रो आँखामा प्रतिविम्बित नेपाल ती कलाकारहरूको सौन्दर्ययुक्त समर्पण देशलाई सभ्यता र संस्कृतिको उत्कर्षमा पु¥याउने विशिष्ट सिर्जनाहरू थिए ।
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली–२०७८ को अनुसूचीमा हेरफेर गर्दै प्रदेशका मन्त्रालयको नाम समायोजन गरेको छ । मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या १३ नै यथावत् राख्दै मन्त्रालयको नाम हेरफेर तथा समायोजन गरेको हो ।
आज.... धेरै दिनपछि आज कागज पाएको छु । कलम केही दिन पहिले नै पाएको थिएँ । कलम मात्रले तर केही गर्न सक्तोरहेनछ । कलमसित कागज नभइनहुने रहेछ । यो सबैलाई थाहा भएकै कुरा हो । तर कलम मात्र भएर कागज नभएको स्थितिलाई धेरै दिनसम्म झेलिरहनुपरेकाले यसलाई मैले बेग्लै रूपमा महसुस गरेँ । कलम र कागज यी दुवैको निमित्त मैले ती... प्रति कृतज्ञ हुनुपर्छ । ती... तिनको नाउँ मलाई थाहा छैन । तर उनको अनुहार, जिउ–डाल, लवाइ, हिँडाइ आदि कुनैलाई पनि म कदापि बिर्सन सक्तिनँ । यहाँ गोलघरमा राखिएपछि मैले देखेको मान्छे केवल उनी मात्र हुन् । हरेक दिन सधैँ उनी मेरो ढोकामा लगाइएको ठूलो ताल्चा खोल्न आउँछन् । ताल्चा खोल्दा सायद उनलाई केही समय लाग्छ । त्यसैले ढोकामा केही समयसम्म एउटा आवाज आइरहन्छ । त्यो आवाजसँगै मलाई लाग्छ, अब केहीबेरमै ढोका खोलि नै लागेको छ ।