• १३ साउन २०८१, आइतबार

जाजरकोटका ७४६ उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

blog

जाजरकोट, साउन २ गते । भर्खरै सम्पन्न  स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारले खर्च विवरण नबुझाएको  पाइएको छ । निर्वाचन कार्यालय जाजरकोटले का अनुसार  कुल एक हजार २९८ जना उम्मेदवार मध्य  हालसम्म ५५२ जनाले मात्र खर्च विवरण बुझाएका छन् । 

जिल्ला निर्वाचन कार्यालय जाजरकोटका प्रमुख नृपराज उपाध्यायले बारम्बार ताकेता गर्दा पनि ७४६ जनाले अझैसम्म पनि निर्वाचन खर्च विवरण नबुझाएको बताउनुभयो । निर्वाचनको परिणाम आएको ३० दिनभित्र उम्मेदवारहरुले निर्वाचनको खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । तर जिल्लाका अधिकांश उम्मेदवारले तोकिएको समयमा खर्च विवरण बुझाएका छैनन् ।

४२.५३ प्रतिशत उम्मेदवारले मात्र खर्च विवरण बुझाएको प्रमुख उपाध्यायको भनाइ छ । उहाँका अनुसार सबैभन्दा बढी खर्च विवरण बुझाउनेमा भेरी नगरपालिकाका छन् । भेरीमा १४८ जनाले निर्वाचन खर्च विवरण बुझाएको पाइएको छ । 

सबैभन्दा कम खर्च छेडागाडका उम्मेदवारले बुझाएका छन् । निर्वाचन कार्यालयका अनुसार छेडागाडका ३९ जना उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन् । त्यस्तै कुशे गाउँपालिकाका ८७ जना, जुनीचाँदे गाउँपालिकाका ७७ जना, बारेकोट गाउँपालिकाका ७२ जना, शिवालय गाउँपालिकाका ४७ जना र नलगाड नगरपालिका ८२ जना उम्मेदवारले खर्च विवरण बुझाएको कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगलाई चिठी लेखी पठाएको र खर्च विवरण नबुझाउनेलाई आवश्यक कारवाही अगाडि बढ्ने निर्वाचन कार्यालयले जनाएको छ ।

Author

सहदेव बस्नेत