• ८ वैशाख २०८१, शनिबार

खडेरीले खेती सुकेपछि किसान चिन्तित

blog

खरेडीले पश्चिम नवलपरासीको पाल्हीनन्दनमा सुकेको खेतहरु । तस्विर: गोपी ज्ञवाली

नवलपरासी, साउन २ गते । पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका छन् । 

मल अभावको मार झेल्दै रोपाइ सकेका किसानहरु फेरी खरेडीकोले खेती नष्ट हुने भन्दै चिन्तित बनेका छन् । यो वर्ष धान उत्पादन घट्ने चिन्ताले नवलपरासीका किसानहरुलाई चिन्तित बनाउन थालेको पश्चिम नवलपरासी रामग्राम नगरपालिका कृषक सञ्जालका अध्यक्ष शिवकुमार यादवले बताउनुभयो । अध्यक्ष यादवका अनुसर नवलपरासीको दक्षिणी भेगमा असार १५  भन्दा पहिला नै अधिकांश खेतमा धान रोपिसकिएको थियो । आकाशे पानी नआएका कारण पम्पसेट वा नहरको पानी लगाएर धानको रोपाई गरी सकेका किसानलाई रोपाई पछि पानी पर्ला भन्ने आशा भए पनि पछिल्लो समयमा लामो समय देखी पानी नपरे पछि रोपिएको धान खेती नष्ट हुने भएको छ । 

नवलपरासीमा २१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ जस मध्य जिल्लाको दक्षिणी भागमा धानको रोपाई भएको भए पनि उत्तर तर्फका अधिकाश खेतहरु पानीको अभावमा रोपाई नै हुन सकेको छैन । विद्युतको सम्पर्क पुगेका कतिपय खेतहरुमा पम्पसेट देखी भुमिगत पानी निकालेर खडेरीले सुकेको खेतमा सिंचाई गर्ने प्रयास गरिएको अवस्थामा कतिपय पम्पसेटमा पानी सुक्न थालेको बताइएको छ । 

पश्चिम नवलपरासीको परासी देखी दक्षिणका पालीनन्दन, प्रतापपुर, सरावल लगायतका क्षेत्रहरुमा असारको पहिलो हप्तासम्ममा खेतमा धान रोपाई सकिएको थियो । खेत रोपाईको समयमा पनि पानी नपरेर पम्पसेट चलाएर खेत रोपेका किसानहरुको खेत अहिले पानीको अभावमा धान पहेलो हुन थाले पछि किसानहरु चिन्तित बनेको पाल्हीनन्दन गाउँपालिकाका अर्का किसान ध्रुवनारायण बनियाँले बताउनुभयो । 

नवलपरासीको परासी देखी दक्षिणी भागमा असार पहिलो हप्ता भन्दा पहिला नै धानको रोपाई सकिएको छ भने उत्तरी तर्फका खेतहरुमा अहिले पानीको अभावले खेतमा रोपाई सम्म हुन सकेको छैन । 

Author

गोपी ज्ञवाली