• ३ असार २०८१, सोमबार

थप एक जनामा हैजा पुष्टि, सङक्रमितको सङ्ख्या ३१ पुग्यो

blog

काठमाडौं, साउन २ गते ।  काठमाडौंमा थप एकजनामा हैजा पुष्टि भएको छ । आइतबार गरिएको परीक्षणमा थप एकजनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै उपत्यमामा हैजा पुष्टि हुनेको सङ्ख्या ३१ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार स्ट्रल कल्चर परीक्षणमा ११ जना, आरडिटी परीक्षण १५ जना र ह्यासडङ ड्रपबाट परीक्षण गर्दा पाँच जनामा हैजा पुष्टि भएको हो ।

गत असार २ गते पहिलो पटक काठमाडौंमा हैजा पुष्टि भएको थियो । एक महिनाको  अन्र्तरालमा ३१ जनामा हैजा पुष्टि भइसकेको छ । जसमध्ये १२ जना महिला र १९ जना पुरुष रहका छन् ।  हैजा पुष्टि हुने सङ्ख्या सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका रहेका छन् । सो उमेर समूहका नौ जनामा हैजा पुष्टि भएको छ ।

पहिलो केसको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिन मुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिपर्म जीवाणु भेएिको थियो ।

भिब्रियो नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा सङ्क्रमण गरेर झाडापखाला लाग्ने चिकित्सक बताउछन् । 

पानी उमालेर पिउने, बासी फोहोर पानी खानेकुरा नखाने, सरसफाइमा ध्यान दिने, दिसा, पिसाब गरेपछि राम्रोसँग मिचिमिचि साबुनपानीले हातखुट्टा धुने, जथाभावी नछुने गर्दा फैला लाग्नबाट बच्न सकिने चिकित्सक बताउछन् ।