काठमाडौं, साउन २ गते । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवासँग भएको भेटसँग जोडेर झूट प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
दाहाल–राणाबीचको भेटवार्ता संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानेदेखि लिपुलेक, कालापानी र लिम्पियाधुरासहित समेटेर बनाइएको नक्सा खारेज गर्नेसम्मको सहमति भएको जस्ता अनर्गल प्रचार गरिएको उहाँको भनाइ छ ।
सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै उहाँले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाईवालेको उपस्थितिमा भएको पार्टी अध्यक्ष दाहाल र राणाबीचको भेटमा यस्तो सहमति हुनै नसक्ने जिकिर समेत गर्नुभयो ।
सांसद आलेमगरले एमाले अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी नेपाल राष्ट्रका गभर्नर महाप्रसाद अधिकार नभए को हुन् भनि प्रश्न समेत गर्नुभयो ।
उहाँले सिंगापुर प्रहरीमा गोर्खालीहरुलाई तलवभत्तामा समेत ठूलो विभेद हुने गरेको उल्लेख गर्नुहुँदै त्यो समस्या तत्काल समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।