• २२ वैशाख २०८१, शनिबार

एआइजी पोखरेलद्वारा पदबाट राजीनामा

blog

गोरखापत्र अनलाइन
काठमाडौं, साउन २ गते ।
नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिनुभएको छ ।

सोमबार दिउँसो नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर पोखरेलले राजीनामा पत्र बुझाउनुभएको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

प्रवक्ता राईले भन्नुभयो, ‘‘एआइजी पोखरेलको राजीनामा पत्र आवश्यक प्रक्रियाका लागि गृह मन्त्रालय पठाइन्छ । तर, राजीनामा स्वीकृत गर्ने काम मन्त्रिपरिषद्ले गर्नेछ ।,’’

गत असार ३१ गते सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई निरन्तरता दिने आदेश दिएपछि पोखरेलले सोमबार राजीनामा पत्र बुझाउनुभएको प्रवक्ता राईले बताउनुभयो ।

प्रहरी महानिरीक्षकमा सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआइजी पोखरेलले विसं. २०७९ वैशाख १९ गते सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।