• १३ साउन २०८१, आइतबार

एटिएम मेसिन फोर्न खोज्ने पक्राउ

blog

कास्की, साउन २ गते । एनआईसी एशिया बैंकको एटिएम मेसिन फोर्न खोजेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुकुम घर भई हाल पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने १९ वर्षीय नरेश पुन मगर छन् ।

पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटिएम मेसिन फोर्न खोजेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो ।

मगर उपर चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।