नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय बैठकले सोमबार बस्ने सचिवालय बैठकका एजेन्डा तय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको बैठकले स्थानीय तह निर्वाचनको समीक्षा लगायतका एजेन्डा तय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
सुर्नया नदीको पानी पिउने पाटनवासीको वर्षौंको सपना पूरा भएको छ । १३ करोड रुपियाँको लागतमा बृहत् खानेपानी योजना पूरा भएसँगै बैतडी जिल्लाको पाटनमा खुसियाली छाएको छ ।
सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा परम्परागत रूपमा प्रयोग हुने गरेको काठका भाँडा लोप हुँदै गएका छन् । घरेलु रूपमा प्रयोग हुने काठका भाँडाको सट्टामा बजारमा किन्न पाइने आधुनिक सामानको प्रयोग बढ्दै गएपछि काठका भाँडा लोप हुँदै गएका हुन् । प्लास्टिक, आल्मुनियम र सिल्भरका भाँडाको प्रयोग बढ्दै गएपछि गाउँघरमा प्रयोग हुने काठका ठेकी, हर्पे, कुरुवा, पाथीजस्ता काठको भाँडा लोप हुँदै गएको स्थानीय बासिन्दा बताउँछन् ।
कलैयामा सञ्चालित अटो र ई–रिक्साले सर्वसाधारणलाई ठग्ने गरेको पाइएको छ । मनोमानी दोव्वर भन्दा बढी भाडा असुल गर्दै सेवाग्राहीलाई ठग्ने गरेको पाइएको छ ।
नाम्खा गाउँपालिका–५ को यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि संभाव्यता अध्ययन सुुरु भएको छ । यसका लागि काठमाडौंबाट आएका टोलीले स्थलगत रुपमा यारी पुुगेर अध्ययन सुुरु गरेको हो ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले रोक लगाएपछि निर्माणको पक्ष र विपक्षमा बहस बढ्दो छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा उक्त विमानस्थलका लागि बजेट विनियोजन गरेको छ ।
लोकतन्त्रलाई संस्थागत गर्ने पहिलो आधार नै निर्वाचन हो । निर्वाचनले नै लोकतान्त्रिक अभ्यासलाई निकै परिस्कृत र उन्नत बनाउँछ । निर्वाचनले लोकतान्त्रिक प्रणालीप्रति आस्था पनि जगाउँछ । निर्वाचनका सन्दर्भमा स्वस्थ, स्वच्छ मतदाता र मतदान कार्यको व्यवस्थापन पनि महत्वपूर्ण पक्ष हो । यो पद्धतिले मतदाताले आफ्नो सरकार आफैँ छान्ने अधिकार राख्ने भएकाले पनि निर्वाचनमा महत्व राख्दछ । निर्वाचनमा मतदातामा उत्साह जगाउनु निर्वाचनको मूलभूत विशेषता पनि हो ।
बहुदलीय व्यवस्थामा राजनीतिक दलको अहं भूमिका हुन्छ । दलबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन । लोकतन्त्रमा दलहरू संस्थागत हुन्छन् । सर्वसाधारणले पनि लोकतन्त्रको माने दल भन्ने बुझेका हुन्छन् ।
देश विकासको आधार नै गुणस्तरीय शिक्षा हो । कुनै मुलुक समृद्ध छ भन्नुको तात्पर्य त्यो मुलुक शिक्षाको क्षेत्रमा अब्बल छ भन्ने बुझिन्छ । सो मुलुकलाई चाहिने हरप्रकारका जनशक्ति प्रचुर मात्रमा रहेछ भन्न सकिन्छ । देशले शिक्षा क्षेत्रमा उल्लेख्य मात्रमा लगानी गरेको ठहर्छ । राज्यले तय गरेको नीतिले नै नागरिकलाई गुणस्तरीय शिक्षा दिई सक्षम बनाउन मद्दत गर्दछ ।
अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संसद्मा उभिएर आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत त्रिभुवन विश्वविद्यालय (त्रिवि)लाई ‘सेन्टर फर एक्सिलेन्स’का रूपमा विकास गरिने योजना सुनाइरहँदा मुलुककै जेठो विश्वविद्यालय त्रिविमा ताला लागेको १२९ दिन भएको थियो । राजनीतिले शैक्षिक क्षेत्रलाई कसरी थला पारेको छ भन्ने कुरा त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयमा त्यतिका लामो समयदेखि लागेको तालाबन्दीबाट प्रस्ट हुन्छ ।
देशको सङ्घीय राजधानी काठमाडौँको सार्वजनिक यातायात कहिल्यै व्यवस्थित हुन सकेन । सवारी व्यवस्थापन, व्यवस्थित सञ्चालन तथा आधुनिकीकरणमा सम्बन्धित सरोकारवाला पक्षको प्रयासले मूर्तरूप लिन पनि सकिरहेको देखिँदैन ।
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने भएको छ । महानगर कार्यपालिकाको दोस्रो बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले उक्त घोषणा गर्नुभएको हो ।
सडक भासिदा अवरुद्ध बनेको पृथ्वीराजमार्गको आँबुखैरेनी मुग्लिन खण्डमा आइतबारबाट राति पनि सावारी साधन सञ्चालनमा आउने भएका छन्।
नेपाल प्रहरीका कमल श्रेष्ठ र पार्वती गुरुङले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा आइतबार स्वर्ण जित्नुभएको छ । पुरुष एकलको ३० वर्षमाथि कमल र महिला एकलको २५–३० वर्षमा पार्वतीले स्वर्ण चुम्नुभएको हो । दुवै १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुनुहुन्छ ।
काठमाडौं, जेठ २९ गते। काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा संचालन भएको १५ दिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ। नेवाः पत्रकार राष्ट्रिय दःबू काठमाडौं शाखाको आयोजनामा भएको तालिममा ५७ जना प्रशिक्षाथी सहभागी हुनुहुन्थ्यो। अनलाइन पत्रकारिता, फोटो पत्रकारिता, बाल मनोविज्ञान, आचारसंहिता, समाचार र फिचर लेखनको विषयमा तालिम केन्द्रित थियो। तालिममा भाषागत शुद्धताको विषयमा वेदबहादुर राना मगरले प्रशिक्षण दिनुभयो। १५ दिनसम्म चलेको तालिममा सुरेश किरण मानन्धर, प्रमिला मानन्धर, केपी ढुंगाना, शोभा महर्जन बज्राचार्य, मनोजरत्न शाहीलगायतले प्रशिक्षण दिनुभयो। समापन कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्तीले पत्रकारितामा इमान्दारिताको खाँचो रहेको औल्याउनुभयो। प्रशिक्षार्थीको तर्फबाट धारणा राख्दै सुनिता तुलाधर शिल्पकारले प्रशिक्षणमा धेरै कुरा सिक्न पाएको बताउनुभयो। ‘हामी खाली गाग्री भएर आएका थियौं, खाली गाग्रीमा ज्ञानका कुरा भर्न पाएका छौँ।’ समापन कार्यक्रममा बोल्नुहुँदै आयोजक नेवाः पत्रकार राष्ट्रिय दःबू काठमाडौंका अध्यक्ष अर्विन्द्रमान सिंहले तालिममा सहभागी प्रशिक्षार्थी र प्रशिक्षकलाई धन्यवाद दिनुभयो।