युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने भ्रमणका लागि सोमबार रुस प्रस्थान गर्नुभएको छ । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारीक निमन्त्रणामा मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री अथक सोमबार बिहान रुस प्रस्थान गर्नुभएको हो ।
झापाको कनकाई नगरपालिका ३ स्थित भगवती बचत तथा ऋण सहकारी संस्थामा चोरी गर्न गएको समुहले चोरी गर्न नपाएपछि सहकारीको भवनमा आगजनी गरेर क्षति गरेको छ ।
रौतहट जिल्लाको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवसमेतले आर्थिक अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ ।
बर्खायाम सुरु भएसँगै सर्लाहीको उत्तरी चुरे भेगमा यातायात ठप्प भएका छन् । बाढीले खोलाको बाटो बिगारेपछि जिल्लाको चुरे भेगस्थित विकट क्षेत्रमा पर्ने नारायण खोला, शीर कालिञ्जोर, पिपलदमार लगायतका क्षेत्रमा यातायातका साधन अवरुद्ध भएका हुन् । त्यस भेगका स्थानीयहरु हिजोआज किनमेलका लागि बजारसम्म र औषधोपचारका लागि अस्पतालसम्म जान घण्टौं पैदल हिँड्न बाध्य छन् ।
मृत्यु हुनेमा बारागढी गाउँपालिका –१ भवानीपुर टोल बस्ने २६ वर्षीय देवेन्द्र चौधरी र उहाँका २२ वर्षीया श्रीमति नन्दा चौधरी तथा सुर्वण गाउँपालिका–७ सनफुलवा टोलका ३५ वर्षीय बिरुलाल यादव र पछाडी सवार भारत मोतिहारी जिल्ला पूर्वी चम्पारण समरपुर गाउँपञ्चायत –२ निवासी ३० वर्षीय मेवाचन्दराय यादव रहेको बारा प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले भेटवार्ता गरी आफ्ना मागको स्मरण गराउनुभएको छ ।
जिल्ला समन्वय समिति प्युठानको प्रमुखमा नेपाली कांग्रेसका धरमबहादुर जिसी र उपप्रमुखमा नेकपा (माओबादी केन्द्र) का दुर्गा रेग्मी निर्विरोध निर्वाचित हुनुभएको छ । पाँच दलिय गठवन्धनबीच तालमेल भएपछि प्रमुख उपप्रमुखसहित प्यानल निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्युठानले जनाएको छ ।
सोमबार सार्वजनिक महत्वको प्रस्तावमाथिको सांसदहरुले धारणा राखेपछि बैठक आधा घटाका लागि स्थगित भएको हो ।
सांसद खगराज अधिकारीले मुलुकलाई चाहिले चार लाख मेट्रिकटन मल कहिले ल्याउने हो भनी सरकारसँग प्रश्न गर्नुभयो ।
नेकपा (एमाले) को सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कर्यालयमा जारी रहेको छ । एमाले नेता सुवासचन्द्र नेम्वाङकाअनुसार तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा एवम् समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।
बाँकेका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९–८० को बार्षिक नीति तथा कार्यक्रम र बजेटको तयारी थालेका छन् । निर्वाचन सम्पन्न भई शपथ ग्रहण गरेलगत्तै निर्वाचित पदाधिकारीको ध्यान बजेट निर्माणमा छ ।
सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिनिधि सभा बैठकमा किसानले मल नपाएको विषयमा छलफल भइरहेको छ ।
सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध परेको मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको छ ।