• १८ असार २०८१, मङ्गलबार

भ्रष्टाचार अभियोगमा अध्यक्ष यादवविरुद्ध मुद्दा दर्ता

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ ३० गते । रौतहट जिल्लाको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवसमेतले आर्थिक अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

स्थानीय गढीमाई नगरपालिकासँग सेफ नेपाल, गौर–५ रौतहटले लक्षित वर्गअन्तर्गत जनचेतनामूलक कार्यक्रम र महिला जनचेतना कार्यक्रम सञ्चालन गर्नेक्रममा एक लाख ७२ हजार २४० रुपियाँ हिनामिना गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । 

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, अध्यक्ष यादवले नक्कली बिल भरपाई तयार गरी सरकारी सम्पत्ति बद्नियतपूर्वक हिनामिना गरी हानी नोक्सानी गरेको अभियोगमा भ्रष्टाचार निवारण ऐनअनुसार आरोपपत्र दर्ता गरिएको हो ।