• ४ साउन २०८१, शुक्रबार

प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

blog

काठमाडौं, जेठ ३० गते । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

सोमबार सार्वजनिक महत्वको प्रस्तावमाथिको सांसदहरुले धारणा राखेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।

नेकपा (एमाले) सांसद विशाल भट्टराईलगायतका १५ सांसदले संसदको नियमित कार्यक्रम ‘स्थगन’ गरेर रासायनिक मल उपलब्ध गराउनेबारे छलफल गर्न माग गर्नुभएको थियो ।

सांसद भट्टराईले, ‘‘किसानलाई आवश्यक मलको व्यवस्था गर्न दीर्घकालका लागि भण्डारणको समेत व्यवस्था गर्न आवश्यक भएकाले प्रतिनिधिसभामा छलफल गर्न बैठकको कार्यक्रम स्थगन गरियोस्’’ भन्ने प्रस्ताव राख्नुभएको थियो । 

सोही प्रस्तावमाथि सांसदहरुले आ–आफ्ना धारण राखिसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गर्नुभएको हो ।