• ६ कात्तिक २०८१, मङ्गलबार

एमालेको सचिवालय बैठक जारी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ ३० गते । नेकपा (एमाले) को सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कर्यालयमा जारी छ । एमाले नेता सुवासचन्द्र नेम्वाङका अनुसार तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा एवम् समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा जारी बैठकमा केन्द्रीय विभागको पूर्णता र जनप्रतिनिधिलाई प्रशिक्षण दिइने विषयमा छलफल भएको नेम्वाङले जानकारी दिनुभयो । हिजो आइतबार एमालेको केन्द्रीय कार्यालय समितिको बैठक बसेको थियो ।