• १९ असार २०८१, बुधबार

प्रतिनिधि सभा बैठक

बजेटमाथिको छलफल स्थगन, मलबारे छलफल जारी (प्रत्यक्ष प्रसारण)

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ ३० गते । प्रतिनिधि सभा बैठकमा किसानले मल नपाएको विषयमा छलफल भइरहेको छ ।

सोमबारको बैठकमा नेकपा (एमाले)का सांसद विशाल भट्टराईले संसदको नियमित कार्यक्रम ‘स्थगन’ गरेर रासायनिक मल उपलब्ध गराउनेबारे छलफल गर्न माग गर्नुभएको हो ।

अहिले बैठकमा मलबारे छलफल गर्नका लागि ‘स्थगनको प्रस्ताव’माथि छलफल भइरहेको छ ।

एमालेका प्रमुख सचेतक समेत रहनुभएका भट्टराईलगायत १५ सांसदले स्थगन प्रस्ताव  राख्नुभएको थियो ।

सांसद भट्टराईले, ‘‘किसानलाई आवश्यक मलको व्यवस्था गर्न दीर्घकालका लागि भण्डारणको समेत व्यवस्था गर्न आवश्यक भएकाले प्रतिनिधिसभामा छलफल गर्न बैठकको कार्यक्रम स्थगन गरियोस्’’ भन्ने प्रस्ताव राख्नुभएको थियो । 

सभामुभ अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावमाथि छलफल गर्नका लागि दुई घण्टाको समय छुट्याउनुभएको छ । उक्त प्रस्तावमाथि अहिले सांसद्हरको छलफल गरिरहनुभएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आठ मन्त्रालयका विभिन्न शीर्षकहरुमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम थियो ।