विगतमा भनसुनका साथ भर्ना गर्नुपर्ने पशुपतिस्थित सरकारी वृद्धाश्रममा अहिले सिट खाली छ । २३० जनाको दरबन्दी रहेको आश्रममा विगतमा तीन सय जनासम्म भर्ना भएका र अहिले ९९ जना मात्र आश्रममा छन् । तीमध्ये ६१ जना महिला छन् । अहिले १३१ जनाको सिट खाली छ ।
चितवन र नवलपरासीलाई जोड्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको छ । निर्माण हुने पुलको कुल लम्बाइ चार सय मिटर र चौडाइ चार लेनको हुने सडक विभागले जनाएको छ ।
अर्थतन्त्रमा उद्योग क्षेत्रबाट योगदान पु-याउनेमा बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उद्योग क्षेत्रको कुल योगदानमध्ये बागमती प्रदेशको योगदान ३१.६ प्रतिशत छ । यो अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी हो ।
हात्तीको आक्रमणबाट टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १५ की एक महिलाको ज्यान गएको छ । कर्णाली नदी किनार सनकट्टि घाटमा शनिबार साँझ जंगलबाट निस्केका दुई वटा हात्तीले आक्रमण गर्दा ५० वर्षीया टंक सोडारीको ज्यान गएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।
संवैधानिक प्रावधानबमोजिम प्रदेशले असार १ गतेभित्रै आआफ्नो बजेट प्रस्तुत गरिसक्नुपर्नेछ । यही प्रावधानअनुुसार असार १ गते मुलुकका सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० को अनुमानित आय–व्ययको विवरण (बजेट) सार्वजनिक गरिसकेका छन् । वि.सं. २०७४ मा प्रदेशको निर्वाचनपछि गठन भएको प्रदेश सभाको पाँचवर्षे कार्यकालको अन्तिम बजेट हो यो । त्यसैले आगामी
संविधान जारी भएको सात वर्ष नाघ्यो । अब करिब तीन वर्षको प्रयोगपछि यसको उपादेयता वा संशोधनको विषय परिपक्व हुन्छ । संविधानले लक्षित गरेको सिद्धान्त र कार्यक्रम पूरा हुने बाटोमा गएको छ कि छैन, यो विषयमा सूक्ष्म ढङ्गबाट अध्ययन हुन जरुरी छ । संविधानका अक्षरले आफैँ काम गर्ने होइन । संविधान कार्यान्वयन गर्न विभिन्न निकाय बनाएका छौँ । मुख्यतः तीन पालिका बनाएका छौँ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका ।
राष्ट्रलाई र अझ विश्वलाई नै हाँक्ने जनशक्ति, ज्ञान, प्रविधि र संस्कृति निर्माण गर्ने प्राध्यापकहरू आ–आफ्नो क्षेत्रका विज्ञ हुन् । गुरु चेलाका माझी हुन् र रोलमोडेल पनि हुन् । भनिन्छ नै, ‘गुरुअनुसार चेला’ ! शिक्षकका पदचाप प्रत्यक्ष रूपमा विद्यार्थीले र अप्रत्यक्ष रूपमा पूरै समाजले पछ्याउँछन् ।
संवैधानिक प्रावधानअनुरूप यही जेठ १५ गते सङ्घीय सरकारले आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
स्थानीय तह सदस्य निर्वाचनको परिणाम सार्वजनिक हुने क्रम सकिएसँगै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको चर्चा सुरु भएको छ । निर्वाचन आयोगले आगामी मङ्सिरभित्रै प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्ने तयारीसमेत थालेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) खारेज गरिने बताउनुभएको छ।
काठमाडौं, असार ४ गते। गोकर्णेश्वर नगरपलिकाका प्रमुख दीपक रिसालले नगरपालिकका ९ वटै वडामा योग भवन निर्माण गर्ने बताउनुभएको छ।आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नगरपालिकाले जनप्रतिनिधिका लागि शनिबार जोरपाटीमा आयोजना गरेको योग शिविरमा सहभागी रिसालले यस्तो बताउनुभएको हो। उहाँले ज्येष्ठ नागरिक विश्रामस्थल, वाचनालय, पुस्तकालयसहितको एकीकृत नमूना योग भवन बनाउनेसमेत बताउनुभएको छ। नगरपालिकाको सुन्दरीजल क्षेत्रलाई ध्यान एवं योग पर्यटनका रुपमा विकास गर्ने योजनासमेत उहाँले सुनाउनुभएको छ। कार्यक्रममा योग प्रशिक्षक रामप्रसाद संजेल, प्रमेश अधिकारी र योगेन्द्र खतिवडाले १५ भन्दा बढी स्थानमा नियमित योग शिविर संचालन भइरहेको जानकारी दिए। कार्यक्रममा पतंजली योग समिति नेपालका योग प्रिशिक्षक अच्युत अर्यालले विभिन्न योग अभ्यास गराउनुभयो। जुन २१ अर्थात् असार ७ गते अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदैछन्।
यो वर्षको मिस नेपाल काठमाडौंकी प्रियंका रानी जोशी बन्नुभएको छ ।
धरान उपमहानगर प्रमुख हर्कराज राईले खानेपानीको लागि पकुवा खोलामा श्रमदान गर्नुभएको छ।
काठमाडौं, असार ४ गते। गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको राधा प्यारीको म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत रहेको राधा प्यारीमा एरेन्ज विश्व अधिकारीको रहेको छ। किशोर थापाको मिक्सिङ गरेको गीतको भिडियोमा मोडल गरिमा शर्माको अभिनय देख्न सकिन्छ।भिडियोमा गरिमालाई प्रिन्स चौहानले अभिनयमा साथ दिएका छन्। भिडियोमा राधाको भूमिकामा देखिएकी गरिमा कृष्ण बनेका प्रिन्सको जोडी जमेको छ। विक्रम चौहानले निर्देशन गरेको भिडियोमा कोरियोग्राफीसमेत स्वयम् चौहानकै छ। प्रकाश खड्काको छायांकन रहेको भिडियोको सम्पादन र कलरिगं मिलन विश्वकर्माले गर्नुभएको हो।