रूकुम पश्चिमको चौरजहारीमा आयोजित प्रथम पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि मुसीकोट नगरपालिकाले जितेको छ । चौरजहारी नगरपालिका २ स्थित रंगशालामा शनिबार भएको फाइनल खेलमा चौरजहारी नगरपालिकालाई ३–२ पराजित गर्दै मुसीकोटले उपाधि जितेको हो ।
नेपाल–भारतमैत्री संघको अगुवाईमा नेपालगञ्ज आउनुभएका भारत महाराष्ट्रका दुई जना वरिष्ठ साहित्यकारलाई नेपालगञ्जमा सम्मान गर्नुका साथै साहित्यिक सम्बन्ध विस्तार विचार विमर्श गरिएको छ ।
दाङमा एक सुस्त मनस्थिति भएकी युवतीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका –५ निवासी २५ बर्षीया युवतीमाथि असार २ गते राति सामुहिक बलात्कार भएको घट्ना बाहिरिएको छ ।
आइतवार संयुक्त अरब इमिरेट्स (युएइ) का राजकुमार शेख मोहम्द विन मक्तोमिउम जुमाल मक्तोउम पुर्वाञ्चल क्यान्सर अस्पतालको पेट सिटी स्क्यान उद्घाटन गर्न झापा आइपुग्नुभएको छ ।
काठमाडौं, असार ४ गते । फिल्म 'म'को टिजर सार्वजनिक गरिएको छ । विगत लामो समयदेखि फिल्मसम्बन्धी अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले पहिलोपटक निर्माण गरेको फिल्म 'म' को टिजर आज सार्वजनिक गरिएको हो ।यो फिल्म आगामी साउन २० गते प्रदर्शन हुने पक्का भएको छ । फिल्मको टिजरमा मुख्य कलाकारहरु निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ र संजोग रसाइलीलाई देखाइएको छ ।आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने फिल्म ‘म’ मा निराजन प्रधान, सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठका अलवा फिल्ममा नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।फिल्मको मुख्य भुमिकामा रहेका निराजन प्रधान एक घटनासँग जोडिएका र अनुसन्धानमा जुटेका विभिन्न पात्रको खोजिमा हिडेको टिजरमा देखाइएको छ ।प्रकाश पुरी क्रियटभ निर्माता रहेको फिल्मका निर्माता विमला हुमागाईं र सह निर्माता पदम पुरी हुन् । फिल्ममा भरत रेग्मीको कलर, राकेश दाहालको ग्राफिक्स डिजाइन, साहिल खानको थ्रिएटिकल ट्रेलर, सुजन वली र सुरक्षा रेग्मी कस्टूम डिजाइन, करण सिंहको प्रोडक्सन डिजाइन, नोबल फ्रिक्सको ब्याकग्राउन्ड स्कोर, मुकेश शाहको साउन्ड डिजाइन रहेको छ भने बनिष शाहको सम्पादन रहेको छ ।
कालीकोटमा बालबालिकाको क्षेत्रमा काम गरिरहेको देखाउने धेरै गैरसरकारी संस्था छन् । जिल्लाको रास्कोट नगरपालिका ४ का गुइया सार्कीको छ वर्षअघि मृत्यु भयो । दुई वर्षपछि उहाँकी श्रीमती आइतीले दोस्रो विवाह गरेर तीन सन्तान जन्माइन् । गुइया र आइतीबाट जन्मेका तीन बालक चार वर्षदेखि अबिभावक बिहिन छन् ।
ललितपुर छम्पीमा धान रोप्नका लागि गोरु जाेतेर माटो हिलो बनाउँदै किसान ।
केही वर्ष पहिले सरकारी कामका लागि कुश्मा आउने बाहेक आन्तरिक तथा बाह्य पर्यटक देख्नै मुस्किल हुने पर्वतमा पछिल्लो समय पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।केही वर्ष यता बनेका अग्ला र लामा पुलका कारण केही आन्तरिक तथा बाह्य पर्यटक आउनेगरेको होटल व्यवसायीको भनाई छ । पछिल्लो समय साहसिक पर्यटकीय पूर्वाधार निर्माण भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढेको हो ।
पूर्वी चितवनको टाडीमा ट्रकले साइकलयात्रीलाई ठक्कर दिंदा एक युवकको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर ९ गणेशचोकमा ना ४ ख २७४८ नम्बरको ट्रकले साइकलयात्री रत्ननगर १० बस्ने ३७ वर्षीय उमेश दराईलाई ठक्कर दिएको थियो ।
प्रधान सेनापति महारथी प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि शनिबार लेवनानतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाइने बताउनु भएको छ ।
वर्षायाम सुरुसँगै यस साता कैद गरिएका तस्बिरहरु ।
सिन्धुली जिल्लामा करिब दुई दशकअघिसम्म विभिन्न चाडपर्व र धार्मिक कार्यमा परम्परागत रूपमा नृत्य गर्दै आएको सांस्कृतिक बालन नाच सङ्कटमा पर्न थालेको छ । पछिल्लो समयमा युवा पुस्ताका व्यक्तिको नाचप्रतिको बेवास्ता र बालन नाच्ने पुराना पुस्ताहरू वृद्ध भई अशक्त हुँदै गएपछि संरक्षण अभावमा उक्त नाच सङ्कटमा परेको स्थानीयको भनाइ छ । अहिलेका युवा पुस्ता बाह्य गीत, सङ्गीत र संस्कृ
खाद्य सुरक्षा तथा स्वच्छताका लागि विभिन्न निकाय भए पनि उपभोक्ताले ढुक्क भएर कुनै खानेकुरा खाने अवस्था नरहेको सरोकारवालाले बताएका छन् । पानी, फलफूल, दूध, तरकारी, माछा, मासुलगायत वस्तु निर्धक्क भएर खाने अवस्था नरहेकाले त्यसका लागि थप काम गर्नुपर्ने उनीहरुले बताएका छन् ।