• ८ वैशाख २०८१, शनिबार

साताका १२ तस्बिर [फोटो फिचर]

blog

धान खेत: तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवास्थित धान खेत । असारमा रोपाइँ गर्नका लागि यहाँका किसानले चैतमा लगाइएको धान काट्न सुरु गरेका छन् ।

काठमाडौं, असार ४ गते । वर्षायाम सुरुसँगै यस साता कैद गरिएका तस्बिरहरु । 


नदी नियन्त्रण गर्न पक्की पर्खाल: मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि निर्माणाधीन पक्की पर्खाल ।


स्ट्रेचरमा बिरामी लैजाँदै: रुकुम(पूर्व)को पुथाउत्तरगङ्गा गाउँपालिका– ८, खराङका एक बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पताल लैजाँदै । अहिलेसम्म सडक सञ्जालमा नजोडिएको र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुन नसकेको यस क्षेत्रका नागरिकको प्राण मुठीमा अल्झिएको पाइन्छ । समयमा अस्पताल पु¥याउन सके ज्यान जोगियो नत्र कतिपयले स्ट्रेचरमै ज्यान गुमाएका उदाहरण रुकुम[पूर्व] मा पाउन सकिन्छ । 


काठमाडौँको नक्सालमा रहेको कमल पोखरी । 


माछा पोखरी: कृष्णपुर नगरपालिकाको गुलरीयाका स्थनिय किसानले कृषि पर्यटनलाई बढावा दिनका लागि माछा पोखरीमा आन्तरिक पर्यटकलाई लक्षित गरि निर्माण गरेका संरचना । 


बेँशीबाट लेकतिर भेडा: म्याग्दीको भगवती देखि चरनका लागि लेकमा लैजान  मुस्ताङको कोवाङ लार्जुङ ल्याइपुर्‍‍याईएका भेडाका बथान । भेडालाई गर्मी बढेपछि लेक र जाडोमा बेँशीमा झार्ने चलन छ । 


सडकको दुरवस्था: वर्षाद्पछि हिलाम्य बनेको राँके–रबि भेडेटार सडक । पाँचथर, इलाम, धनकुटालगायत करिब एक दर्जन स्थानीय तहका गाउँ बस्ती जोड्ने सो सडक समयमै कालोपत्रे नहुँदा सवारी साधन सञ्चालन र आवतजावतमा नागरिकले सास्ती बेहोर्दे आएका छन् । 


हिलाम्य सडकः वर्षातको सुरुआतमै हिलाम्य बनेको राँके–रबि–भेडेटार सडक खण्ड । भारतीय निर्माण कम्पनीको लापरबाहीका कारण कालोपत्रे भइसक्नु पर्ने यो सडक अहिले हिलाम्य छ ।


दिक्तेल–गाईघाट सडकखण्ड: सगरमाथा राजमार्ग अन्तरगत दिक्तेल–गाईघाटखण्डको ठाँटीस्थित दुर्घटना सम्भावित क्षेत्र । यस क्षेत्रमा पहिरो नियन्त्रणका लागि  ठूलो लगानी भएपनि अझै पहिरो झर्न छाडेको छैन ।


दोलखाको चरिघ्याङ बजार: वर्षाद्पछि मौसम खुलेको समयमा देखिएको दोलखाको चरिघ्याङ बजार ।


रोपाइँ गर्दै किसान: म्याग्दीको मङ्गला गाउँपालिका–२ रनबाङमा ट्र्याक्टरले खेत जोतेर धान रोपाइँ  गर्दै स्थानीय किसान । 


लसुन प्याज सफा गर्दै महिला: अन्नपूर्ण गाउँपालिका–११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा स्थानीय उत्पादन लसुन, प्याज  थन्क्याउन सफा गर्दै महिला । तस्बिरहरुः रासस