सुदूरपश्चिम प्रदेशमा पाँचदेखि १२ वर्षमुनिका तीन जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । पहिलो चरण अन्तर्गत कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई फाइजर खोप दिन लागिएको हो ।
धादिङ धार्केमा मल लुटपाट गर्ने किसानहरुले आफूहरुलाई व्यापारीले नै सूचना दिएर हौस्याएको आधारमा मल लिन गएको बताएका छन् । भारतबाट भन्सार छली गरेर ल्याइएको रासायनिक मल राजस्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरुले नै आफू बच्न किसानलाई मल आउँदैगरेको सूचना दिएको खुलासा भएको छ ।
चितवन, असार ५ गते। चितवन र आसपासका क्षेत्रमा भरपर्दो विद्युत् सेवा प्रदान गर्ने लक्ष्यका साथ सुरु भएको नयाँ भरतपुर २२०–१३२ किलोभोल्ट (केभी) सवस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएको छ। भरतपुर महानगरपालिका–११ आँपटारीमा निर्माणाधीन सवस्टेसन निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतका निर्माणाधीन सवस्टेसनको मुख्य सिभिल संरचनाको काम अन्तिम चरणमा छ। ‘ग्यास इन्सुलेटेड सवस्टेसन (जिआइएस)’ प्रविधिमा आधारित सवस्टेसनका अधिकांश उपकरण निर्माणस्थलमा ल्याइसकिएको छ। अब ती उपकरणको जडान मात्र बाँकी छ। सवस्टेसनमा १६०–१६० एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन्। पावर ट्रान्सफर्मर राख्ने सिभिल संरचना निर्माण भइसकेको छ भने ट्रान्सफर्मर जडान गर्न बाँकी छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सवस्टेसन निर्माणस्थलको भ्रमण गरी दुई महिनाभित्र काम सम्पन्न गर्न आग्रह गर्नुभएको छ।आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीसँग निर्माण प्रगति बेहोरिरहेको समस्यालगायतका विषयमा छलफल गरी दुई महिनाभित्र सवस्टेसन सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो। आयोजनाअन्तर्गत नयाँ भरतपुर र लमजुङको उदीपुरमा सवस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग करिब दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो।कोभिड–१९ को महामारीका कारण सवस्टेसन निर्माण प्रभावित भएको थियो। तनहुँमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना पनि नयाँ भरतपुर सवस्टेसनमा नै जोडिनेछ। मस्र्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो।प्रसारण लाइनबाट करिब एक हजार ६०० मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ। चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ। आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ। पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सवस्टेशनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ।दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सवस्टेशन निर्माणाधीन छन्। तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सवस्टेसन निर्माण भइरहेको छ। यस प्याकेजअन्तर्गत खुदी र धारापानीमा सबस्टेसन निर्माणाधीन छन्। नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ। रासस
भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ ।
अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
अखिल नेपाल टेबल टेनिस संघले टेबल टेनिसका पूर्व राष्ट्रिय च्याम्पियन कल्याणराज पाण्डेले नाममा राष्ट्रिय जुनियर टेबल टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नेपाली कांग्रेस (बीपी)का सुदर्शन सिटौला, दीपक कार्की लगायतका केन्द्रीय नेता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्नुभएको छ।
सरकारले २०७२ सालमा तुईन बिस्थापन कार्यक्रम ल्याउँदा रुकुम पश्चिमका खिमबहादुर नेपालीलाई भेरी तर्न अब तुईनको जोखिमपूर्ण यात्रा गर्नु पर्दैन भन्ने लागेको थियो । आठबीसकोट नगरपालिका १४ निवासी नेपालीलाई सात बर्षसम्म पनि घर नजिकको तुईनबाट भेरी तर्नैपर्ने बाध्यता छ ।
राष्ट्रिय सभा बैठक, २०७९ साल, असार ५ गते, आइतबार
सर्लाहीको धनकौल गाउँपालिका –५, छठीघाट पुलमा शनिबार मध्यराती कार दुर्घटना हुँदा चार वर्षीय बालकको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् ।
चलचित्र ‘चिसो मान्छे’ले एउटा बूढो बाबु (देशभक्त खनाल)को कथा बोकेको छ । जसले आफ्नो छोराको कतारको मरुभूमिमा मृत्यु भएपछि उसको लासलाई घरसम्म पु-याउन के कस्तो सङ्घर्ष गर्छन् भन्ने कुरा दर्शाउँछ ।
नेपाली यू–१९ राष्ट्रिय टोलीका दुई जना महिला क्रिकेटर बुटवलमा सम्मानित हुनुभएको छ । बुटवल क्रिकेट विकास समितिले बुटवलबाट राष्ट्रिय युवा टोलीमा स्थान बनाएर उत्कृष्ट प्रदर्शन गर्न सफल यू–१९ राष्ट्रिय टोलीकी कप्तान कृतिका मरासिनी र आश्मा पुलामीलाई जनही १० हजार ५ सय रुपियाँ सहित सम्मानपत्रबाट सम्मान गरेको हो ।
टोखामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । कुटपिटबाट टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको हो ।
कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ ।
झुटाे विवरण पेस गरी दोहोरो नागरिकता प्रमाणपत्र लिने दुई जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेमा झुटा विवरण पेस गरी दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ पर्नेमा जिल्लाको भुम्लु गाउँपालिका–३ की ३९ वर्षीया सुनिता गिरी र ३६ वर्षीय राजु गिरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो ।