• १४ असोज २०८२, मङ्गलबार

शक्तिपिठहरुमा सराय नाचको प्रदर्शन गरिने

blog

अर्घामा नाचिने सराय नाच । तस्बिरः गणेश खनाल

गणेश खनाल

अर्घाखाँची, असोज १४ गते । सराय नाच हुने अर्घाखाँचीको शक्तिपिठमा तयारी अन्तिम चरणमा पुगेको छ । रङरोगन गरी तयारी अवस्थामा राखिएको छ । अर्घाखाँचीको शक्तिपीठका रुपमा रहेको सन्धिखर्क अर्घा भगवति मन्दिर रहेको छ । 

वडादशैमा विशेष पूजाआजा हुने मन्दिरमा कोजाग्रत पूर्णिमाको दिनसम्म भागवत, वेदपाठ पारायण तथा दुर्गा शप्तसती पाठ हुन्छ । पूर्णिमाको दिन पश्चिम नेपालकै भव्य सराय नाच हुने गर्छ । अर्घा भगवती मन्दिमा एसियाकै सबैभन्दा ठुलो भगवतिको मूर्ति प्रतिस्थापन गरिएको छ।

यस्तै, खाँचीकोट भगवती मन्दिरको रौनकता छाएको छ । बाईसेचौविसे राज्यअन्तगर्त पर्ने खाँचिकोट भगवती मन्दिर तथा खाँची दरवार विशेष शक्तिपिठ हो । दैनिक वैदिक विधिपूर्वक पूजा हुने यस मन्दिरमा बडादशैमा विशेष पूजा हुन्छ । यस मन्दिरमा आश्विन शुक्ल त्रयोदशीका दिन विशेष सराय मेला लाग्ने गर्दछ । राज्यकी राजकुमारी चन्द्रा प्रभावतीले पृथ्वीनारायण शाहलाई राजकीय शिक्षा दिएपछि नेपालको एकीकरण भएको इतिहास छ । यस्तै शितगंगाको ठाडामा विशेष सराय नाच हुने गर्दछ ।