स्थानीय तहका दलित महिला जनप्रतिनिधिले आफूहरुलाई जिम्मेवारी दिन कन्जुस्याइँ गरिएको गुनासो गरेका छन् । आफुहरु निर्वाचित स्थानीय तहका नेतृत्वले बैठकमा हस्ताक्षर गर्न मात्र सीमित गर्न खोजिएको र ठोस जिम्मेवारी नदिइएको उनीहरुको गुनासो छ ।
गोरखापत्र संस्थानमा नेपाली पत्रकारिता समूहमा कार्यरत नायब कार्यकारी सम्पादक भक्तबहादुर थापा संस्थानको मासिक प्रकाशन मुनाको निमित्त सम्पादकमा नियुक्त हुनुभएको छ । संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले असार ६ गते सोमबारदेखि लागू हुनेगरी थापालाई सो पदमा नियुक्त गर्नुभएको हो ।
जनसङ्ख्याको आधारमा ठूला आयोजना मात्र संघीय सरकारले निर्माण गर्न पाउने क्षेत्राधिकार तोकिएका कारण नागरिक स्वच्छ पिउने पानीबाट बञ्चित भएको जनप्रतिनिधिले गुनासो गर्नुभएको छ।
जिल्ला समन्वय समितिको निर्वाचनका लागि गठबन्धन दलहरुबाट सबै पदका लागि उम्मेदवारी परेको छ । निर्वाचनका लागि नेकपा (एमाले) लगायत अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि गठबन्धनको एकल उम्मेदवारी परेको छ ।
लेवनान भ्रमणमा रहनुभएका प्रधान सेनापति प्रभुराम शर्मासहित टोलीले आइतबार लेवनानस्थित युनिफिल मिसन सेक्टर इस्ट हेडक्वार्टरको भ्रमण गर्नुभएको छ ।
सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। उक्त रिटको यही असार १३ गते सुनुवाइ हुने भएको छ।
नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग गृहमन्त्री बालकृष्ण खाणले भेटवार्ता गर्नुभएको छ।
नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तीकारी)को बैठक पुनः सुरु भएको छ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको छ।
काठमाडौं, असार ५ गते। काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा घरजग्गा बहालमा लिने, दिने सम्बन्धमा कम्पनीमार्फत् कारोबारेको व्यवस्था मिलाइने उल्लेख गरिएको छ।महानगरप्रमुख बालेन्द्र शाहले आइतबार सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा राजस्व तथा वित्त व्यवस्था सम्बन्धी नीति अन्तर्गत महानगर क्षेत्रभित्रका घरजग्गा लेनदेनका लागि आवश्यक प्रबन्ध मिलाइने जनाइएको छ।करदाताको विद्युतीय लागतका लागि महानगरको छुट्टै एप बनाइ विश्व विद्यालयसँगको सहकार्यमा विवरण संकलन गरिने योजना रहेको छ। कर तथा गैरकर स्थानीय राजस्वको अनुगमन गर्न विशेष टोली गठन गरी परिचालन गर्ने, कर संकलनको अनलाइन प्रणालीलाई थप व्यवस्थित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।यसैगरी, कर तथा गैरकरलाई करदाताको पहुँचमा वृद्धि गर्ने, बाह्य विज्ञापन गर्ने स्थान यकिन गरी तोकिएको स्थान र साइजमा विज्ञापन सामग्री राख्ने, राजस्व प्रशासनमा कार्य सम्पादनमा आधारित रही प्रोत्साहन प्रणाली लागू गर्ने जनाइएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताउनुभएको छ।
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ।
लहान नगरपालिका १ र २ वडा भएर बग्ने भबरा नहरको बाँध भत्केर निस्केको फोहोर पानी वरिपरि चारैतिरबाट आएर जमेपछि घरबाट निस्कन र बालबालिकालाई विद्यालय पठाउन स्थानीयलाई समस्या भएको छ । लहान–१ का सोनवति सिंह दुनुबारले पानी जमेर विद्यालय पठाउन नपाएको दुखेसो पोख्नुभयो ।
बाँके जिल्लाका पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका ७६ हजार बालबालिकालाई कोभिडविरुद्धको खोप दिने भएको छ । असार नौ गतेदेखि ११ गतेसम्म सो समूहका बालबालिकालाई कोभिडविरुद्धको फाइजर–बायोएनटेक खोप दिन थालिएको हो । त्यसको तयारी पूरा भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।