शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं असार ५ गते। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको छ। दिसाको कल्चर गर्दा हैजा पुष्टि भएको अस्पतालमा सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो।
उहाँहरुलाई र्यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएपछि हैजाको आंशकामा बिहीबार अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। सूचना अधिकारी गौतमका अनुसार हाल उहाँहरुको अवस्था सामान्य रहेको छ। सोमबार आईसीयूबाट वार्डमा सार्ने तयारी भएको छ।