ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले साइकल लेन सञ्चालनसम्बन्धमा संघीय र प्रादेशिक सरकारसँग कुनै कानुन नभएको बताउनुभएको छ ।
काठमाडौं, असार ६ गते । दयाहाङ राई र सौगात मल्ल अभिनित फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ र सौगातलाई फरक गेटअपमा देख्न सकिन्छ ।'रेड बर्ड प्रोडक्सन'को प्रस्तुति रहेको फिल्मको फस्टलुकमा उपासना सिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङ पनि छन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र जयन जे वाइबाको संगीत छ । फिल्म कात्तिक ४ गते प्रदर्शन हुने तयारीमा छ ।यस्तै, दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको लगानीमा बनेको यो फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।
नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भेट गरी पार्टीका विभागलाई पूर्णता दिन आग्रह गर्नुभएको छ ।
राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथि छलफल भएको छ ।
सुर्खेतको बराहताल गाउँपालिका ६ को इखेनीमा अल्ट्रा साउण्डसहितको निःशुल्क स्वास्थ परीक्षण शिविर सम्पन्न भएको छ । गरिवी, अशिक्षा र वेरोजगारी समस्याबाट ग्रसित इखेनीका नागरिक अस्वस्थ खानपानका कारण स्वास्थ्य समस्यामा परेको थाहा पाएपछि सुर्खेत महिला जेसिजले स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
महोत्तरीको सदरमुकाम समेत रहेको जलेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७९–८० का लागि ७२ करोड १५ लाख रुपियाँको अनुमानित वजेट सार्वजनिक गरेको छ । जलेश्वर नगरपालिकाले सम्पन्न गरेको नवौं नगरसभाबाट सो अनुमानित बजेट प्रस्तुत गर्दैै नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
स्थानीय तहले जनताको प्रत्यक्ष सहभागितामा योजना छनोट गर्नुपर्ने प्रावधान रहे पनि छनोट प्रक्रियामा सहभागी नगराएको भन्दै स्थानीयवासीले वडा कार्यालय घेराउ गरेका छन् । धनगढी उपमहानगरपालिका –८ को वडा कार्यालयले गुपचुपमा योजना छनोट गरेको आरोप लगाउँदै सोही वडाको गणेश टोलवासीले सोमबार वडा कार्यालय घेराउ गरेका हुन् । आगामी आर्थिक वर्ष २०७९–८० का लागि वडामा योजना छनोट कार्य चुपगुपमा भएको उनीहरुको आरोप छ ।
प्रतिनिधिसभाले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिबारे जवाफ दिन सरकारलाई निर्देश गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले शारीरिक अवस्थालाई सन्तुलनमा राखी तनाव कम गर्न, जीवनलाई शान्त, फलदायी र उत्पादनमूलक बनाउन योग प्रभावकरी सिद्ध भएको बताउनुभएको छ । आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गृहमन्त्री खाणले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा) कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो भनाइ राख्नु भएको हो ।
नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले प्रधानन्याधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण दिनुपर्ने बताउनुभएको छ ।
धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासमा दश हेक्टरभन्दा बढी बाँझो जमिनमा कृषि वन लगाउने कार्य भइरहेको छ । रोजगारी सिर्जना, उत्पादनमा वृद्धि ल्याउन र जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई न्यूनिकरण गर्ने उद्देश्यले कृषि वन लगाउन लागिएको हो ।
काठमाडौं महानगरका प्रमुख वालेन्द्र साहले काठमाडौंको फोहोर अन्तिम व्यवस्थापन हुँदै आएको सिसडोल ल्याण्डफिल साइटमा रङ्गशाला निर्माण गर्ने चाहना रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार दिउँसो १ बजेबाट बैठक सुरु भएको छ ।
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रिय सभा बैठक सुरु भएको छ । सोमबार दिउँसो १ बजेबाट बैठक सुरु भएको छ ।
इन्धनको मूल्य वृद्धिअनुसार विभागले अधिकतम ७.७ प्रतिशत भाडा वृद्धि गरेको छ । अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ ।