• २७ वैशाख २०८१, बिहिबार

राष्ट्रियसभा बैठक : बजेटमा मन्त्रालयगत छलफल

blog

काठमाडौं, असार ६ गते । राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथि छलफल भएको छ ।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमध्ये सात वटा मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल भएको छ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कृषि तथा पशुपन्क्षी मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल भएको हो ।

त्यस्तै, अर्को बैठक असार ७ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । मङ्गलबार बस्ने बैठकमा विनियोजन विधेयक (बजेट), २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल हुनेछ ।