• २७ वैशाख २०८१, बिहिबार

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार ६ गते । प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार दिउँसो १ बजेबाट बैठक सुरु भएको छ ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

त्यस्तै, ‘‘आर्थिक विधेयक, २०७९’’माथि बैठकमा छलफल हुने कार्यसूची छ ।

सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘‘आर्थिक विधेयक, २०७९ लाई पारित गरियोस्’’ र ‘‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९, माथिको दफावार छलफल सदनमा गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।