• ८ असार २०८१, शनिबार

एकीकृत समाजवादी पार्टी अध्यक्ष नेपाल र गृहमन्त्री खाणबीच भेटघाट

blog

काठमाडौँ, ५ असार। नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग गृहमन्त्री बालकृष्ण खाणले भेटवार्ता गर्नुभएको छ। 

एकीकृत समाजवादी पार्टी कार्यालय आलोकनगरमा भएको भेटमा गृहसचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानुन हेर्ने सहसचिव कोमल खत्रीसमेत  सहभागी हुनुहुन्थ्यो। 

अध्यक्ष नेपालसँग पार्टीका नेता सोमप्रसाद पाण्डे  सहभागी हुनुहुन्थ्यो।  भेटमा नागरिकता विधेयक चालू संसदीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको छ। 

‘नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरुप गृहमन्त्रीज्यूले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको हो। 

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेस गरेर पास गर्ने तयारी गरिरहेको छ। त्यसकै लागि गृहमन्त्री खाणले सत्तारुढ दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाललाई भेट्नु भएको हो। 

गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गर्नुभएको छ।  उहाँले यसअघि प्रमुख प्रतिपक्षी दल (एमाले) अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गरिसक्नुभएको छ। 

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ। 

नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने अंगिकृत नागरिकतालगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन।