शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, असार ५ गते। पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यसैगरी ७७३ जनाको एन्टीजेन परीक्षण गर्दा थप पाँच जनामा संक्रमण पुष्टि भएको छ।
पीसीआर र एन्टीजेन गरेर कुल दुई हजार २७ जनाको परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २४ घण्टामा १२ जनाले कोरोना जितेका छन्।
मृत्युदर शून्य रहेको नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ११० रहेको छ।