• ८ जेठ २०८१, मङ्गलबार

नेपाली कांग्रेस (बीपी) का नेता राप्रपामा प्रवेश

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार ५ गते। नेपाली कांग्रेस (बीपी)का सुदर्शन सिटौला, दीपक कार्की लगायतका केन्द्रीय नेता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्नुभएको छ। 

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस (बीपी) का झण्डै दुई दर्जन नेताहरुलाई पार्टीको सदस्यता प्रदान गर्नुहुँदै स्वागत गर्नुभएको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो।

कांगेस (बीपी) का केन्द्रीय सदस्य गोपाल श्रेष्ठ, ध्रुव थापा, झविन्द्रराज आचार्य, गोपाल सापकोटा, सीता बस्नेत, सुशीलकुमार कार्की, विनोद हमाल, प्रकाश ज्ञवाली, लोकबहादुर कार्की लगायतका नेताहरु राप्रपा प्रवेश गर्नुभएको हो।

अध्यक्ष लिङ्देनले देश र धर्म जोगाउने पार्टीको अभियानमा प्रवेशीहरु समाहित हुनुभएको प्रतिक्रिया दिनुभएको छ।