• ६ जेठ २०८१, आइतबार

सुस्त मनस्थितिका किशोरीमाथि सामूहिक बलात्कार

blog

फाइल तस्विर

लीलाधर ओली

घोराही, असार ४ गते । दाङमा एक सुस्त मनस्थिति भएकी युवतीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका –५ निवासी २५ वर्षीया युवतीमाथि असार २ गते राति सामूहिक बलात्कार भएको घट्ना बाहिरिएको छ । 

ती युवतीमाथि तुलसीपुर उपमहानगरपालिका –९ दोघरेस्थित एक निर्माणाधिन घरमा रातको समयमा चार जनाले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवम् एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

उहाँका अनुसार आरोपितमध्ये तुलसीपुर उपमहानगरपालिका –९ दोघरे निवासी २४ वर्षीय शंकर बिक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन् भने अन्य दुई जना फरार छन् । ‘असार २ गते रातको समयमा तुलसीपुरस्थित दोघरेमा एक युवतीमाथि सामूहिक बलात्कार भएको रहेछ’, जिल्ला प्रहरी प्रमुख एपपी काफ्लेले भन्नुभयो । 

घट्नाबारेमा प्रहरीले थाहा पाएपछि दुई जनालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । अन्य दुई जना फरार रहेको उहाँको भनाइ छ । प्रहरी प्रमुख काफ्लेका अनुसार पीडित युवतीलाई ललाई फकाई गरेर बलात्कार गरिएको प्रहरीले जनाएको छ ।  

पीडितको तर्फबाट आफन्तले चार जनाबिरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा शुक्रबार किटानी जाहेरी दिएपछि प्रहरीले आरोपितलाई खोजी गर्नेक्रममा चौधरी र बिकलाई पक्राउ गरेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो । 

सुस्त मनस्थितिका युवतीमाथि सामूहिक बलात्कारमा संलग्न सबैबिरुद्ध सामूहिक बलात्कार अभियोगमा मुद्दा चलाएर कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने तयार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरी प्रमुख काफ्लेका अनुसार फरार अभियुक्तलाई खोजीसँगै घटनाबारे अनुसन्धान भैरहेको बताउनुभयो ।