• १३ वैशाख २०८१, बिहिबार

सात तस्बिरमा रोपाइँको चटारो

blog

ललितपुर छम्पीमा धान रोप्नका लागि गोरु जाेतेर माटो हिलो बनाउँदै किसान । तस्बिरः सुजन गुरुङ


काठमाडौंको शंखरापुर नगरपालिकाको साँखुमा रोपाइँ गर्नुअघि आली चिल्याउँदै किसान । रोपाइँ गर्नुअघि ट्याक्टरले माटो हिलो बनाएपछि खेतको गह्रामा जम्मा भएको पानी बाहिर नजाओस् भनेर आली लगाइन्छ । उक्त आलीबाट पानी नचुहिनेगरी त्यसलाई चिल्याउने गरिन्छ । तस्बिरः कविता थापा


ललितपुरको छम्पीमा धान रोप्दै रोपाहार। तस्बिरः सुजन गुरुङ

भक्तपुरमा रोपाइँ गर्दै किसान । तस्बिरः शेखर चौलागाईं


काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका- ४ डाँछीमा रोपाइँमा व्यस्त किसान तस्बिर : विकास द्वारे


छम्पीमा धान रोपेपछि खेतको आलीमा बसेर खाजा खाँदै रोपाहार । तस्बिरः सुजन गुरुङ


बैतडीको पाटन नगरपालिका–६, मैतोडामा रोपाइँ सकिएपछि देखिएको खेत । तस्बिरः गोकर्ण दयाल