• १५ जेठ २०८१, मङ्गलबार

राधा प्यारीमा गरिमा र प्रिन्सको अभिनय (भिडियो)

blog

काठमाडौं, असार ४ गते।  गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको राधा प्यारीको म्यूजिक भिडियो सार्वजनिक भएको छ। 

गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत  रहेको राधा प्यारीमा एरेन्ज विश्व अधिकारीको रहेको छ। किशोर थापाको मिक्सिङ गरेको गीतको भिडियोमा मोडल गरिमा शर्माको अभिनय देख्न सकिन्छ।

भिडियोमा गरिमालाई प्रिन्स चौहानले अभिनयमा साथ दिएका छन्। भिडियोमा राधाको भूमिकामा देखिएकी गरिमा कृष्ण बनेका प्रिन्सको जोडी जमेको छ। विक्रम चौहानले निर्देशन गरेको भिडियोमा कोरियोग्राफीसमेत स्वयम् चौहानकै छ। 

प्रकाश खड्काको छायांकन रहेको भिडियोको सम्पादन र कलरिगं मिलन विश्वकर्माले गर्नुभएको हो।