• ६ जेठ २०८१, आइतबार

जनप्रतिनिधिका लागि योग शिविर

blog

काठमाडौं, असार ४ गते। गोकर्णेश्वर नगरपलिकाका प्रमुख दीपक रिसालले नगरपालिकका ९ वटै वडामा योग भवन निर्माण गर्ने बताउनुभएको छ।

आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नगरपालिकाले जनप्रतिनिधिका लागि शनिबार जोरपाटीमा आयोजना गरेको योग शिविरमा सहभागी रिसालले यस्तो बताउनुभएको हो। 

उहाँले ज्येष्ठ नागरिक विश्रामस्थल, वाचनालय, पुस्तकालयसहितको एकीकृत नमूना योग भवन बनाउनेसमेत बताउनुभएको छ। 

नगरपालिकाको सुन्दरीजल क्षेत्रलाई ध्यान एवं योग पर्यटनका रुपमा विकास गर्ने योजनासमेत उहाँले सुनाउनुभएको छ। 

कार्यक्रममा योग प्रशिक्षक रामप्रसाद संजेल, प्रमेश अधिकारी र योगेन्द्र खतिवडाले १५ भन्दा बढी स्थानमा नियमित योग शिविर संचालन भइरहेको जानकारी दिए। 

कार्यक्रममा  पतंजली योग समिति नेपालका योग प्रिशिक्षक अच्युत अर्यालले विभिन्न योग अभ्यास गराउनुभयो। जुन २१ अर्थात् असार ७ गते अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदैछन्।