सुधा देव
भारदह (सप्तरी), असोज १४ गते । दसैं सुरू भएपछि घटस्थापनादेखि सप्तरीको मन्दिहरूमा साँझमा दियो बाल्ने श्रद्धालु भक्तजनहरूको घुँइचो लाग्नेगरेको छ ।
नवरात्रीमा व्रत बस्ने महिला सप्तमी, अष्टमी वा नवमीको दिन व्रत बसेको दिन दिनभरि व्रत बसेर साझमा अनिवार्य रूपमा नजिकको मन्दिरहरूमा गएर भक्तजनहरू दियो बाल्ने गरेको बताउनुभएको छ ।
जिल्लाको भगवती, छिन्नमता, कंकालिनी, राजदेवी, डाक्नेशवी, बागेश्वरी, दुर्गा भगवती लगायत अन्य मन्दिरहरूमा दिनहुँ दियो बाल्नेको भिड रहेको राजविराज नगरपालिका –७ की सरिता यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “व्रत लिए पनि नलिए पनि प्रत्येक वर्ष दसैको बेला दश दिनसम्म माटोको दियो बनाएर बाल्दै आएकी छु ।”
दसैमा मन्दिरमा दियो बाल्ने काम महिलाले मात्र नभएर बालबालिका, किशोरीलगायतले गर्दैआएका हुन् । ब्रतालुले माटोको दियो बनाएर मन्दिमा गएर दियो बाल्ने इच्छाएको बरदान माग्ने चलन रहेको राजविराज नगरपालिका –२ की सुसा देवले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य बेला भन्दा पनि दशैमा मन्दिरहरूमा दियो बाल्नेको संख्यामा वृद्धि हुँदैआएको छ ।”
दिनभर व्रत लिएर साँझमा दियो बाल्ने कसै कसैको भाकल भए पनि व्रत नलिएका महिला, बालबालिका तथा किशोरीहरूले दसैंको बेला अनिवार्य रूपमा दियो बाल्दैआएका छन् । अहिलेको समयमा बेलुकी मन्दिरमा दियो बाल्ने भक्तजनको घुइँचो बढेको छ ।