नेकपा (एमाले) बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान जारी छ । एमालेको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ बागमती प्रदेशको नेतृत्व चयनका लागि पार्टी मुख्यालय च्यासलमा मतदान जारी रहेको जानकारी दिनुभयो ।
नेकपा (एमाले) कोशी प्रदेशको पहिलो अधिवेशन सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले समारोहस्थलमा राखिएको डिजिटल ब्यानरलाई रिमोट कन्ट्रोलको स्वीच थिचेर अधिवेशनको उद्घाटन गर्नुभयो ।
विभिन्न चाडपर्वहरु नजिकिंदै गर्दा बाँकेमा चाडपर्वलक्षित बजार अनुगमनलाई तीव्र पारिएको छ । पछिल्लो पटक गरिएको संयुक्त बजार अनुगमनका क्रममा नेपालगन्जको पुष्पलालचोकस्थित एक भेटेरीनरी पसलबाट २५ हजार रुपियाँ बराबरका म्याद सकिएका औषधि जफत गरेर जरिवना गरिएको अनुमन समितिले जनाएको छ ।
कार्यवाहक प्रधानमन्त्री तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन हुनुपर्नेमा जोड दिनुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मानिसका लागि सबैभन्दा ठूलो धन स्वास्थ्य भएकाले नागरिकको स्वास्थ्यप्रति प्रदेश सरकार सचेत रहेको बताउनुभएको छ ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै कैलालीस्थित श्री दशरथ माध्यमित विद्यालयमा राहत शिक्षकमा कारर्यरत महेश शाहमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
लागुऔषधविरुद्ध जनचेतना जगाउन प्रहरीले घरदैलो अभियान थालेको छ । लागुऔषधको जालोमा किशोरकिशोरी तथा युवाहरु फस्न थालेपछि ‘लागुऔषधविरुद्वको महाअभियान २०८०’ अन्तर्गत प्रहरी घरदैलोमै पुग्न थालेको हो ।
असोज १४ गते झापाको काँकडभिट्टास्थित मेची नदीबाट बिहान ९ बजेदेखि सुरु हुने उक्त अभियान असोज २९ गते सुर्खेत पुगेर सभा गरी सम्पन्न हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिनुभयो ।
पाल्पाबाट पशु निर्यात गर्ने काम बढ्दैगएको छ । गत आर्थिक वर्ष २०७९–८० मा पशुजन्य पदार्थको निर्यात एक वर्षअघिको तुलनामा चार गुणाले बढेको हो ।
निगुरो यतिबेलाको मौसममा प्रायःको भान्सामा पाक्ने गर्दछ । बागलुङेको भान्सामा भने म्याग्दीको निगुरो पाक्ने गरेको छ । लेकाली निगुरो स्वादिष्ट हुने भएकाले म्याग्दीको निगुरोको माग बागलुङमा उच्च छ ।
खानपान र जीवनशैलीमा ध्यान दिनसकेमा मुटुलाई रोगबाट बचाउन सकिने विज्ञ चिकित्सकले बताएका छन् । पछिल्लो समय मानिसहरुको विलासी जीवनशैलीका कारण मुटुरोगको समस्या बढ्दै गएको उहाँहरुको भनाइ छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका –५ ले सरसफाइ अभियान सुरु गरेसँगै टोलबस्तीहरु सरसफाइयुक्त हुन थालेका छन् । आफ्नो टोल आफैँ सरसफाइ गर्नुपर्छ भन्ने सन्देशसहित हप्ताको एक दिन श्रमदान अभियान सुरु गरेपछि टोल तथा बस्तीहरु सरसफाइयुक्त हुन थालेका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अर्काे महिनाभित्रै गण्डकी प्रदेशसभा भवन निर्माण थालिने बताउनुभएको छ ।
हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाले यस वर्ष पाँच करोड रुपियाँ खर्च गर्ने भएको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२४ लाई लक्षित गरी भरतपुर भ्रमण वर्ष घोषणा गरेको महानगरले यतिवेला सहरका मुख्य सडक र मानिसको बढी आवत–जावत हुने क्षेत्रमा वृक्षरोपण र सरफाइमा ध्यान दिन थालेको छ ।
ओलम्पिक काउन्सिलअफ एसिया (ओसीए) का कार्यवाहक अध्यक्ष राजा रणधीर सिंहले नेपाली खेलकुदको पहिलो ऐतिहासिक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ को प्रशंसा गर्नुभएको छ ।