गुणबहादुर रोका
सुलीकोट, असोज १२ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मानिसका लागि सबैभन्दा ठूलो धन स्वास्थ्य भएकाले नागरिकको स्वास्थ्यप्रति प्रदेश सरकार सचेत रहेको बताउनुभएको छ ।
आज गोरखाको पालुङटार नगरपालिका – १० स्थित उखुबारी नमुना कृषि सहकारी संस्थाको आठांै बार्षिक साधारण सभाको अबसरमा निःशुल्क स्वास्थ्य शिबिरको उदघाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
मुख्यमन्त्री पाण्डेले मानिसको जीबनमा सबैभन्दा ठूलो धन भनेको स्वास्थ्य भएकाले स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेश सरकार गम्भीर भएर लागेको बताउनुभयो । आफनै गृह जिल्लामा मैले सकेको कृषि र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
गण्डकी प्रदेश सरकार अहिले आमनागरिकको बास्तबिक समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने कुरा छलफलमा रहेकाले अबका दिनमा प्रत्यक्ष महसुस हुनेगरी गण्डकी प्रदेश सरकार अघि बढिरहेको बताउनुभयो ।
अमेरिकामा रहेका पालुङटार –१० का स्थानीय डाक्टरहरु तथा अमेरिकाको टेलिमेडिसिन बिशेषज्ञ चिकित्सकले हरेक महिनाको एक पटक इन्टरनेटको माध्यमबाट एकजना स्वास्थ्यकर्मीको सहायतामा बिरामीको स्वास्थ्य सेबा उपलब्ध गराउँदैआएको छ ।
हरेक बर्ष टेलिमेडिसियन बिधिबाट तीन सयदेखि चारसय बिरामीलाई निःशुल्क स्वास्थ्य परीक्षण गरी बिरामीका लागि औषधि समेतको खर्च बेहोर्दैआएको उखुबारी नमुना कृषि सहकारी संस्थाका सचिब बिनोद देबकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज पनि ३७५ जनाले नाम दर्ता गराउनुभएको र चेकजाँच पनि अघि बढिरहेको सचिब देबकोटाले बताउनुभयो । सोही कार्यक्रममा सामाजिक राजनीतिक–आर्थिक क्षेत्रमा काम गरेर गोरखा जिल्लामा महत्वपूर्ण भुमिका खेलेबापत पुर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रतिनिधि मानुश्री यामी भटराई, भोजराज कँडेल, राममणि धिताल, चन्द्रप्रसाद न्यौपाने र कृष्णप्रसाद धिताललाई सम्मान गरिएको छ ।