यस लेखमा विश्वमा प्रचलित केही अनौठा खानाका बारेमा चर्चा गरिएको छ। यात्राका क्रममा स्थान विशेष विभिन्न प्रकारका खानाको स्वाद लिने अवसर प्राप्त हुन्छ । एउटालाई अनौठो लागेको त्यही खाना अरूलाई स्वादिष्ट लाग्न सक्छ । १. ह्यागिस– स्कटल्यान्डमा प्रचलित यो खाना तयार पार्न भेडाको मुटु, फोक्सो र कलेजो पिँधिन्छ अनि बोसो, मसला र दलियासित मोलेर भेडाको भुँडीभित्र हालिन्छ । त्यसलाई केहीबेर उमालेर यो परिकार तयार पारिन्छ ।
शुक्रकीट गुणस्तर र सङ्ख्याका बारेमा विभिन्न खालका अनुसन्धान रिपोर्ट आएका छन् । यसै शृङ्खलामा आहारमा चिल्लोको मात्रा र प्रकारले शुक्रकीटको गुणस्तर र सङ्ख्यामा प्रभाव पार्ने निष्कर्ष अमेरिकामा गरिएको एक अध्ययनको छ । खानामा स्याच्युरेटेड चिल्लोले स्वास्थ्यमा खराब प्रभाव पर्ने प्रमाणित छ र अनुसन्धानकर्ताले कमजोर प्रजनन क्षमतासँग पनि यसको सम्बन्ध स्थापित गरेका छन् । ह्युम्यान रिप्रोडक्सन जर्नलमा जनाइए अनुसार म्यासाच्युसेट्स जनरल अस्पतालका रिप्रोडक्टिव इन्डोक्रिनोलोजीका अनुसन्धानकर्ता जिल अट्म्यानको टोलीले ९९ जना अमेरिकी पुरुषमा अनुुसन्धान गर्दा धेरै चिल्लो खाने मानिसमा शुक्रकीटको सङ्ख्या कम हुने पत्ता लगाएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेशको पहिलो अधिवेशन आजबाट विराटनगरमा सुरु हुँदै छ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरस्थित होटेल मनासलुमा अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली केही बेरमा विराटनगर आउँदै हुनुहुन्छ ।
कोशी प्रदेशमा तीन वटा डेरी उद्योगले पाउडर दुध उत्पादन गर्न थालेका छन् । गएको चैत महिनासम्म एउटा उद्योगले मात्र पाउडर उत्पादन गरिरहेकामा बजारमा दुधको उत्पादन बढेपछि तीन वटा प्लान्टले नियमित धुलो दुध उत्पादन गरिरहेका छन् । कोशी प्रदेशमा दुध उत्पादन बढेको र उत्पादन भएको दुधले बजार नपाउँदा दुधलाई पाउडरमा परिणत गरेर मौज्दात राख्न थालिएको छ । तीन वटा पाउडर प्लान्ट नियमित सञ्चालन गर्दा पनि उत्पादित सबै दुध खपत हुन सकेको छैन । किसानले उत्पादन गरेको दुध सहकारीहरूले सङ्कलन नगर्दा किसानले अहिले अघोषित मिल्क होलिडे सामना गरिरहेका छन् । पाँच लिटरभन्दा कम उत्पादन गर्ने किसानको साँझको दुध डेरीहरूले सङ्कलन गर्न छोडेका छन् । यसले किसान समस्यामा परिरहेको भेषराज आचार्यले बताउनुभयो ।
पर्सा जिल्लाको पश्चिम भागमा पर्ने जगरनाथपुर गाउँपालिका पिछडिएको दुर्गम क्षेत्रका रूपमा परिचित छ । दुईतर्फ भारतीय सिमाना र अन्य छ वटा पालिकासँग सीमा जोडिएको
ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई खुराक (घाँस) को जोहो गर्ने चटारो लागेको छ । हिउँदमा हिमपात हुने हुँदा उनीहरु चौँरी र याकको लागि हिउँदे खुराकको जोहो गर्न व्यस्त भएका हुन् ।
तनहुँ प्रहरीले सहकारीको झन्डै तीन करोड रुपियाँ ठगी गरेको आरोप लागेका तनहुँको एक सहकारीका प्रबन्धकलाई बिहीबार पक्राउ गरेको छ ।
भाद्र शुल्क पूर्णिमाको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल इन्द्रदह (सिद्धपोखरी) बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ ठूलो मेला लाग्ने गर्दछ ।
अर्जुनचौपारी गाउँपालिका–६, दरौमा रहेको दरौ माध्यमिक विद्यालयमा स्क्रब टाइफस रोग देखिएपछि विद्यालय बन्द गरिएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीमा उक्त रोग देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको हो । विद्यालयका शिक्षक दुर्गाबहादुर रोकाले पठनपाठन भइरहेको समयमा विद्यार्थीमा एक्कासि उच्च ज्वरो आउने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने र बान्ता हुने लक्षण देखिएपछि विद्यालय बन्द गरिएको बताउनुभयो ।
डोल्पामा अरिँगालको टोकाइबाट एक जना युवकको मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–६ फुल्चिङ गाउँका ३२ वर्षीय तिलक चलाउनेको मृत्यु भएको हो ।
तीन वर्ष मलेसियामा वैदेशिक रोजगारीमा गएका राना घर फर्केर आधुनिक तरिकाले व्यावसायिकरुपमा केरा खेती गर्न थालेका हुन् । पाँच वर्षदेखि उहाँले केरा खेती गर्दै आएका छन् । उहाँले वार्षिकरुपमा रु २५ लाखदेखि रु ३० लाखसम्मको केरा बिक्री गर्दै आएका छन् ।
कोशी प्रदेश सरकारले प्रदेश सामयिक कर असुलसम्बन्धी कानुन बनाउने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले विधेयकको मस्यौदाका लागि स्वीकृति दिने निर्णय गरेको हो ।
नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा जनशक्ति र भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ। अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि अस्पतालमा जनशक्ति मात्रै होइन, पूर्वाधारको समेत समस्या छ। जिल्ला अस्पतालमा दैनिक सरदर तीन सय बिरामी उपचारका लागि आउने गरेका छन्। साँघुरो भवनबाट सेवा दिँदा एकै स्थानमा भिड धेरै देखिने गरेको छ।
काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–३ मा रहेको वनदेवी माध्यमिक विद्यालयले निमावि तहको करारमा विज्ञान विषयको शिक्षक आवश्यकतासम्बन्धी सूचना पाँचौँ पटक जारी गरे पनि हालसम्म शिक्षक पाउन
झापाको दमकमा एक युवाको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या भएको छ । शुक्रवार बिहान करिब ३ बजेतिर आफ्नै साथीहरूको समूहले बीभत्स हत्या गरेको प्रहरी श्रोतको भनाइ रहेको छ ।