नेपाल–चीनबीचको कोरला नाका खुला गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका बेला दुवै देशको नाका खोल्न सहमत भएपछि तयारी थालिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेशको असोज २४ र २५ गते जनकपुरधाममा हुन गइरहेको प्रथम अधिवेशनका लागि बिहीबार नारा र लोगो सार्वजनिक गरिएको छ ।
पाल्पाका चिकित्सकहरू अस्पतालको ओपिडी सेवा बन्दगरी आन्दोलनमा उत्रिएका छन् । पछिल्लो समय स्वास्थ्यकर्मीमाथि बढ्दैगएको भौतिक आक्रमणको विरोधमा पाल्पाका डाक्टरहरू सडकमा उत्रिएका हुन् ।
अनेरास्ववियु रत्नराज्य क्याम्पसले आयोजना गरेको अन्तरक्याम्पस स्तरीय फुटसल प्रतियोगिताको उपाधि शङ्करदेव क्याम्पसले हात पारेको छ ।
नेपाल राष्ट्र बैङ्कले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईका अनुसार दसैँ, तिहार, छठजस्ता चाडपर्वका लागि कात्तिकको सुरुबाट नै नोट सटही सुविधा प्रदान गरिनेछ ।
नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनमाका लागि नेतृत्व छान्न शुक्रबार बिहानदेखि मतदान हुनेभएको छ । एमाले स्थायी कमिटी सदस्य एवम् निर्वाचन अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले बिहीबार साँझ ८ बजेसम्म उम्मेदवारी फिर्ता गराउने र सहमतिको प्रयास जारी रहने जानकारी दिनुभयो ।
सहाराविहीन सडक मानवको उद्धारगरी आश्रय दिदैंआएको धनगढीस्थित दृष्टि फाउन्डेसनलाई विभिन्न सामग्री सहयोग गरिएको छ ।
कोशी प्रदेश सरकारले प्रदेश सामयिक कर असुलीसम्बन्धी कानुन बनाउने भएको छ । विधेयकको मस्यौदा गर्न बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिने निर्णय गरेको हो ।
नेकपा (एमाले) कर्णाली प्रदेशको प्रथम अधिवेशनमा बन्दसत्र सुरु भएको छ । बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । बिहीबार बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि साँझ ५ बजेदेखि मात्र बन्दसत्र सुरु भएको हो ।
करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले एक वर्षअघि आएको विनाशकारी बाढीबाट पीडित पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा भएको बताउनुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) को बोर्ड अफ गभर्नर्सको आठौँ बैठकमा सहभागी भएर आज स्वदेश फर्किनुभएको छ ।
विश्व पर्यटन दिवस सर्न्दभमा नै एकै पटक ७२३ भारतीय धार्मिक पर्यटक नेपाल आएका छन् । नेपालका धार्मिक तीर्थस्थलमा दर्शनका लागि एकैपटक ७२३ भारतीय धार्मिक पर्यटकहरू नेपाल आएका हुन् ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ हुँदै फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोक जाने सडक पहिरोले अवरुद्ध बनाएको छ । बुधबार राति वर्षासँगै लिङ्खिमको सिँवा–तावा खण्डमा पहिरो झरेपछि सडक अवरुद्ध बनेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनीबीच शिष्टाचार भेट भएको छ । बिहीबार मुख्यमन्त्री कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको हो ।