नेकपा (एकीकृत समाजवादी) को १५ दिने समाजवादी जागरण अभियान २०८० कार्यतालिका सार्वजनिक भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका जाँदै हुनुहुन्छ । नेपाली तराई सङ्घ अमेरिका (एन्टा) को सातौँ अधिवेशनमा सहभागी हुन अध्यक्ष यादव अमेरिका जान लाग्नुभएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबैको साझा प्रयासबाट मात्र विकास र समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।
सप्तकोशी नदीमा माछा मारेर पुस्तौँदेखि जीविका चलाउँदै आएका मलाह (गुडी) हरुको पेसा सङ्कटमा पर्न थालेको छ । कोशी नदीमा माछा पाउन छाडेपछि मलाहहरुको पेसा सङ्कटमा पर्दै गएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणको निन्दा गर्नुभएको छ ।
इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँमा विभिन्न देशका जनप्रतिनिधि आउनुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन गर्न आउनुभएका अतिथिहरूलाई स्वागत गर्नुभएको छ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा २ जनता माध्यमिक विद्यालय पीपराका विज्ञान विषयका संयोजक डा. रोमनाथ बराल हुनुहुन्छ ।
१९औँ एसियाड अन्तर्गत बिहीबार भएको बक्सिङ खेलमा नेपालका रबिन थापा पराजित हुनुभएको छ ।
पुतलीबजार नगरपालिका–१ मा स्याङ्जा साहित्य प्रतिष्ठानले लोकसाहित्य विमर्श, पुस्तक विमोचन, स्रष्टा सम्मान गरेको छ ।
चीनका विदेशमन्त्री वाङ यीले चीन र युरोपेली सङ्घ (ईयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताउनुभएको छ ।
दाङमा ड्रागन फलको व्यावसायिक खेती गरेका किसानले राम्रो आम्दानी लिने गरेका छन् । जिल्लामा नयाँ प्रजातिको फलका रूपमा रहेको ड्रागन फल अन्य फलफूलको तुलनामा महँगोमा बिक्री हुनेगरेका कारण राम्रो आम्दानी हुनेगरेको कृषकको भनाइ छ ।
येँयाः (इन्द्रजात्रा) को अवधिमा आजदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ ।
‘जनताको जलविद्युत’ कार्यक्रममा समावेश जगदुल्ला अर्धजलाशयुक्त आयोजनाले भौतिक निर्माणका लागि आवश्यक पूर्व तयारी सुरु गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्योग सञ्चालनका लागि अब विद्युतको समस्या नहुने बताउनुभएको छ ।