• १२ असार २०८१, बुधबार

एसियाड बक्सिङमा रबिन थापा पराजित

blog

फेन्सिङमा बिहीबार प्रतिस्पर्धा गर्दै नेपालका खेलाडी ।

हाङझाउ, असोज ११ गते । १९औँ एसियाड अन्तर्गत बिहीबार भएको बक्सिङ खेलमा नेपालका रबिन थापा पराजित हुनुभएको छ । 

पुरुष ५१ केजीमुनि तौल समूह अन्तर्गत अन्तिम १६ को खेलमा रविन उत्तर कोरियाली खेलाडी चोनयोङ सोसँग ५–० ले पराजित हुनुभयो । अन्तिम ३२ मा इन्डोनेसियाका खेलाडीलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाउनुभएका रबिन अन्तिम १६ बाट भने अघि बढ्न सक्नुभएन । 

फेन्सिङ पुरुष र महिला टिममा पराजित

१९औँ एसियाड अन्तर्गत बिहीबार फेन्सिङमा नेपालको पुरुष र महिला टिम दुवै पराजित भयो । पुरुष साब्रे टिम कजाखस्तानसँग ४५–१५ ले पराजित भयो । यस्तै महिला फोइल टिम क्वाटरफाइनलमा जापानसँग ४५–१० ले पराजित हुँदै बाहिरियो ।

अनुशिया तन्डुकार हिटबाटै बाहिर

१९औँ एसियाड अन्तर्गत पौडीतर्फ नेपालकी अनुशिया तन्डुकार हिट चरणबाटै बाहिरिनुभयो । महिला ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धामा उहाँले २९.५३ सेकेन्डमा निर्धारित दूरी पूरा गर्नुभएको थियो । 

हिट १ बाट प्रतिस्पर्धा गर्नुभएकी अनुशिया आप्नो हिटमा तेस्रो स्थानमा रहेपनि अघिल्लो चरणमा पुग्न सक्नुभएन । उहाँ समग्रमा २६औँ स्थानमा रहनुभयो । 

टेबल टेनिसमा नबिता र सिख्खाको हार 

१९औँ एसियाड अन्तर्गत टेबल टेनिसमा महिला सिंगल्सतर्फ नेपालकी नबिता श्रेष्ठ र सिक्का सुवाल श्रेष्ठ बिहीबार पराजित हुनुभएको छ । 

नबिता अन्तिम ३२ को खेलमा भारतकी मनिका बात्रासँग ४–० ले पराजित हुनुभयो । मनिकाले नवितालाई ११–५,  ११–४,  ११–३,  ११–२ ले पछि पार्नुभएको हो । 

यस्तै महिला सिंगल्समै अन्तिम ३२ को खेलमा नेपालकी सिक्का सुवाल जापानकी मिउ हिरानोसँग ४–० ले नै पराजित हुनुभयो । मिउ हिरानोले सिक्कालाई ११–५,  ११–४,  ११–३,  ११–२ ले पराजित गर्नुभयो । 

महिला डबल्समा नबिता र सिक्काकै जोडी पराजित हुनुभयो । यो जोडी चीनका मेङ चेन र यिदी वाङको जोडीसँग ४–० ले पराजित हुनुभयो । उक्त खेल चिनियाँ जोडी ११–३, ११–४, ११–१ ले पराजित हुनुभयो ।