• १२ असार २०८१, बुधबार

शङ्करदेव क्याम्पसलाई उपाधि

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, असोज ११ गते । अनेरास्ववियु रत्नराज्य क्याम्पसले आयोजना गरेको अन्तरक्याम्पस स्तरीय फुटसल प्रतियोगिताको उपाधि शङ्करदेव क्याम्पसले हात पारेको छ । 

१६ वटा क्याम्पसले सहभागिता जनाएको प्रतियोगितामा शङ्करदेव क्याम्पसले त्रिचन्द्र क्याम्पसलाई ३–१ गोल अन्तरले पराजित गर्दै नगद एक लाख ११ हजार हात पार्न सफल भएको हो ।

दोस्रो भएको त्रिचन्द्रले ५५ हजारमा चित्त बुझाएको छ । असोज १६ गते रत्नराज्य क्याम्पसमा विशेष कार्यक्रमको आयोजना गरेर पुरस्कार वितरण गरिने अनेरास्ववियु रत्नराज्य क्याम्पस कमिटीका अध्यक्ष लोकेश खड्काले जानकारी दिनुभयो । असोज ८ गतेदेखि सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।