गोरखाको गण्डकी गाउँपालिकाका विपन्न महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेतीसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका–५ स्थित डेढेमा बुधबारदेखि सातदिने व्यावसायिक च्याउखेती तालिम सुरु गरिएको आयोजक संस्था नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) का संयोजक कमल बसेलले जानकारी दिनुभयो ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगिनियाँमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
“पहिले गोबारो कीरा लाग्यो, अहिले बालालाई काटेर टुक्रा–टुक्रा बनाउने रोग आएको छ”, तुलसीपुर उपमहानगरपालिका–७ निवासी किसान भागिरथ भण्डारीले भन्नुभयो, “यो कीरा साँझ, बिहानमात्रै देखिने गरेको छ ।” समयमा मल र बीउ नपाउँदा आजित भएका किसान पटक–पटक रोग लाग्दा चिन्तित बन्ने गरेका छन् ।
पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युत्को खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो ।
भरतपुर महानगरपालिकालाई यस आर्थिक वर्षमा हरियाली वृद्धिसँगै सुन्दरतामा जोड दिइएको छ । चालु आर्थिक वर्षमा हरियाली प्रर्वद्धनका लागि रु पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको हो ।
एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को सातौँ अधिवेशनमा सहभागी हुन जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्नुभएको छ ।
वरिपरि सानासाना नानीहरू, तिनै नानीहरूको बीचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै गर्नुभएकी दुजीकुमारी ओली ।
रुकुम पश्चिमा पछिल्लो समय आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्लाका छवटै स्थानीय तहमा आयोडिन नुनका प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपोे कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधारगृहबाट भागेर फरार रहेका एक जना बाल बन्दी समातिएका छन् ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । साठी वर्षदेखि ७० बर्षसम्मका स्थानीय परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरेको जनाइएको छ ।
बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर ३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा ११ जना शिक्षक घाइते भएका छन् ।
औँसी–रातसमान पो हुन गयो बुढो अँध्यारो वय । बढ्दैछन् अवहेलना घरघरै भन्दैन कोही जय !!
गोरखाको सिरानचोक गाउँपालिका वडा ३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ ।
पालि त्रिपिटक बौद्ध वाङ्मयको मूल पुस्तक हो । त्रिपिटकको सुत्तपिटक अन्तर्गत खुद्दनिकायको दसौँ पाठमा जातक कथा पनि आउँछ । जातक कथा पढेर पनि धेरैले आफ्नो जीवनशैली र विचारलाई नयाँ मोेडमा ढालेर उन्नति र विकास मार्गमा लागेको देख्न सकिन्छ । जातक भगवान् बुद्धका पूर्वजन्मसम्बन्धी कथा हुन् । यो बुद्धत्व प्राप्त गर्नुभन्दा अगाडि बोधिसत्त्व वा महासत्त्वको अवस्थामा दस पारमिता गुण धर्मको अभ्यास गर्दा घटनाक्रमको कथासङ्ग्रह हो । जातक शब्द
म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको बस्ती पहिरोको जोखिममा परेको छ ।