नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।
सञ्चालनमा रहेको अस्पतालको स्वामित्व ग्रहण गरेर वा छुट्टै अस्पताल स्थापना गरेर विश्वविद्यालयले स्वास्थ्य सङ्कायका विद्यार्थीहरुका लागि आवश्यक परेको अस्पतालको अभाव पूर्ति गर्ने छ ।
संघीय सरकारले आर्थिक वर्ष २०७६–७७ बाट औद्योगिक ग्राम निर्माण योजना ल्याएको थियो । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ नीतिअन्तर्गत कार्यक्रम अघि बढाएको छ । तर यसको कार्यान्वयन निकै सुस्त छ ।
अर्थसमितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । मस्यौदामाथि दफावार छलफलपछि समितिको आजको बैठकले कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकरी दिनुभयो ।
भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ ।
तमानखोला गाउँपालिकाले बालगृह सञ्चालनमा ल्याएर अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गरेको छ । गाउँपालिकाले वडा नं ३ को तमान गाउँमा ‘तमानखोला बालगृह’ सञ्चालनमा ल्याएर पालनपोषण र कक्षा १२ सम्म पढाउने व्यवस्था मिलाएको छ ।
विश्व मुटु दिवसका उपलक्ष्यमा आज बिहान विराटनगरमा आयोजित सचेतनामूलक प्रभातफेरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहभागी हुनुभयो ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छन्तुको सुवाङ्लिउ आइपुग्नुभएको छ ।
हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष ९सोह्रश्राद्ध०का लागि विभिन्न स्थानबाट दर्शनार्थी आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक स्वास्थ्य पशु चिकित्सकको ज्ञान र सीपलाई सार्वजनिक स्वास्थ्य र खाद्य सुरक्षा क्षेत्रहरूमा एकीकृत गर्न जरुरी रहेको बताउनुभएको छ ।
बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बालसुधार गृहमा विवाद गरेर अशान्ति मच्चाउने ६८ जना बालकहरुलाई सुधारगृह बाहिर प्रहरीको संरक्षणमा राखिएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालीकाका प्रमुख र उपप्रमुखसहितको टोली धनकुटाको महालक्ष्मी नगरपालिका आउनुभएको छ ।
आँधीखोला गाउँपालिकाको सेतीदोभानमा यातायात व्यवसायीहरुसँग लिइँदै आएको स्थानीय यातायात शुल्क हटेको छ ।
इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई भिसा ९प्रवेशाज्ञा० बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ ।
इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) को केन्द्रीय बैंकहरुले बिहीबार मुद्रा आदानप्रदान स्म्झौतामा हस्ताक्षर गरेका छन् ।