• ११ मंसिर २०८१, मङ्गलबार

सहकारीको रकम ठगी गर्ने प्रबन्धक पक्राउ

blog

तनहुँ,   असोज १२ गते ।  भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ । 

सोही वडा निवासी ५२ वर्षीय प्रबन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो । 

उनले विभिन्न मितिमा संस्थाको सेयर रकम, बचत रकम र एक सय तीस सेयर सदस्यको नाममा काल्पनिक ऋण लगानी गरेको देखाई रकम हिनामिना गरेका थिए । 

उक्त सहकारी संस्थाको रु. दुई करोड ६९ लाख ७१ हजार नौ सय ६६ हिनामिना गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । 

रकम हिनामिना गरेको जाहेरी परेपछि तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान भइहेको प्रहरीले जनाएको छ । रासस