कार्ल माक्र्सले भनेका थिए, “राजनीति वर्ग र सामाजिक प्रभुत्वसँग गाँसिएको छ ।” राज्य र राजनीतिलाई शासक वर्गको हित सुरक्षित गर्ने संयन्त्रका रूपमा अथ्र्याउँदै उनले भनेका छन्, “समाजमा उत्पन्न भइरहने वर्ग सङ्घ
घरबास गाउँले परिचित भकुण्डेका नागरिक गुणस्तरीय सडकको पर्खाइमा हुनुहुन्छ । घरबास सञ्चालक सडक अभावमा चिन्तित हुनुहुन्छ ।
यतिबेला एउटा समूह लोकतन्त्र, परिवर्तन, सङ्घीयता र अग्रगमनको विपक्षमा नकारात्मक भाष्य स्थापित गर्न लागिपरेको छ । निरङ्कुश पञ्चायती वा राजाको प्रत्यक्ष शासनमा देशमा थुप्रै कलकारखाना सक्रिय थिए । रोजगारको अभाव थिएन, जनता सुखी थिए जस्ता तर्क अघि सार्ने गरिन्छ । यथार्थमा त्यतिबेला नेपालको शैक्षिक स्तर निकै कमजोर थियो । कर्मचारीको तलब सुविधा पनि न्यून थियो
गाउँसभा सदस्यको मृत्यु भएपछि गुल्मीको छत्रकोट गाउँपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ। छत्रकोट गाउँपालिका वडा नम्बर – २ का वडा सदस्य तथा गाउँसभा सदस्य शेरबहादुर राकसकोटीको ७० वर्षको उमेरमा बिहीबार निधन भएपछि गाउँपालिकाले आज शोक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिनुभएको छ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढेसँगै तनहुँमा निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीहरू बढ्न थालेका छन् ।
गत माघ २२ गते बर्दियामा बाघको आक्रमणमा परेर दुई व्यक्तिको मृत्यु भएपछि आक्रोशित गाउँलेले जिल्ला प्रशासन कार्यालय तोडफोड गरे । गत महिना बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भएको यस्तै घटनाबाट आक्रोशित भएका गाउँलेले बाँके राष्ट्रिय निकुञ्ज खारेज गर्नुपर्ने माग राखेर आन्दोलन गरे । स्थानीय बासिन्दा बाघसँग सधैँ त्रसित भएर बस्नु परेकाले यस्तो अवस्थाको अन्त्य ग
चुरे पहाडको भावर क्षेत्रमा अवस्थित भित्रिमधेश जोगबुडा पछिल्ला वर्षहरूमा तीव्र भौतिक पूर्वाधार विकाससँगै सुगम बन्दै गएको छ । एक समय कच्ची सडक, बाढीले बगाउने खोला र आधारभूत सेवाको अभावले चिनिएको यो क्षेत्र आज कालोपत्रे सडक, मोटरेबल पुल, अस्पताल, क्याम्पस, विद्युत्, सिँचाइ कुलो र खानेपानीको पहुँचसँगै नयाँ पहिचान बनाउँदै छ ।
प्रतिनिधि सभा निर्वाचन बर्दिया क्षेत्र न १ का नेकपा एमाले उम्मेदवार शालिकराम अधिकारीले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो क्षेत्रमा गर्न सक्ने कामहरूको विवरण सहित पत्रकार सम्मेलन मार्फत प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।
१०० वर्ष अघिको गोर्खापत्र
नेपाली मूलका बाल जोशीले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राख्नुभएको छ । नेपाली राष्ट्रिय पोसाक दौरासुरुवाल लगाएर विश्वका सात वटै महादेशमा म्याराथन सम्पन्न गर्नुभएकाले उहाँलाई यो सम्मान दिइएको हो ।
सप्तरीमा एकीकृत सुरक्षा योजनाअनुसार सुरक्षा गतिविधि तीव्र बनाउँदै संयुक्त गस्ती बढाइएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन २०८२ लाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ सुरक्षा व्यवस्था कडा पारिएको हो ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरूले मतदाता माझ आफ्ना एजेन्डा लैजानभन्दा पनि गीत र नाचका माध्यमबाट प्रतिस्पर्धा चलाइरहेका छन् । चितवनका तीन वटै निर्वाचन क्षेत्रका प्रतिस्पर्धी उम्मेदवारहरू स्थानीय जनजीवनलाई प्रभावित पार्न विभिन्न लय, भाषामा गीत र भाकामा नृत्य प्रस्तुत गर्ने र छमछम नाच्ने प्रतिस्पर्धा जस्तै बनेको छ । उनीहरू गीत र नाचबाट नै आफूलाई अब्बल सावित गर्न प्रतिस्पर्धी जस्तै देखिएका छन् ।
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ७८ पैसा र बिक्रीदर १४५ रुपियाँ ३८ पैसा तोकिएको छ ।
विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाको आयोजनामा छवि बैरागी घिमिरेद्वारा लिखित ‘विविशारा’ उपन्यासमाथि विमर्श गरिएको छ । विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाका सचिव प्याकुरेलको सहजीकरणमा सञ्चालित उक्त कार्यक्रममा छवि बैरागी घिमिरेद्वारा लिखित ‘विविशारा’ उपन्यासको समीक्षा गरिएको थियो । समीक्षाका क्रममा समीक्षक चरित्रा शाहले ‘विविशारा’ कृतिको चिरफार गर्दा अर्का समीक्षक पुष्कर रिजालले कृतिको विसङ्गति पक्ष र संरचनात्मक कोणबाट समीक्षा गर्नुभयो ।
चलचित्र ‘झरीपछिको इन्द्रेणी’ युट्युबमा सार्वजनिक भएको छ । अर्जुन घिमिरे (पाँडे) को निर्देशन रहेको चलचित्र बिहीबार बालेन शाहको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।