वैदेशिक रोजगारीले गाउँमा युवा रित्तिँदै गर्दा इलाम नगरपालिका–२, सुम्बेकका युवा मुकेश रसाइली भने गाउँमै रोजगारी गर्न व्यस्त हुनुहुन्छ । फागुन सुरु हुँदा मुना पलाउन थाल्ने भएकाले रसाइलीलाई गाउँभरिको चिया काट्न भ्याइनभ्याइ छ ।
सोल्टी होटेल्स एन्ड रिसोर्ट्सले गोरखाको मनकामनामा नयाँ सोल्टी वेस्टेन्ड रिसोर्ट सञ्चालनमा ल्याएको छ । मनकामना मन्दिरबाट पाँच मिनेटको पैदल दुरीमा थपिएको यो पछिल्लो रिसोर्टले तीर्थयात्री, बिदा मनाउने, साहसिक पर्यटक कर्पाेरेट पर्यटक, कार्यक्रम र पारिवारिक आवश्यकता पूरा गर्ने जनाइएको छ ।
प्रमुख तीन राजनीतिक दलले बिहीबार सार्वजनिक गरेका घोषणापत्र अर्थतन्त्र विस्तारमा केन्द्रित देखिएका छन् । यसअघि राजनीतिक मुद्दाले प्राथमिकता पाउने दलका घोषणापत्रमा अर्थतन्त्रका विविध क्षेत्रको लक्ष्यसहितका खाका प्रस्तुत गरिएको छ तर अर्थतन्त्रको आकार बढाउने प्रतिस्पर्धामा दलहरू अत्यन्त महत्वाकाङ्क्षी बनेका छन् ।
बेलायतमा राजाका भाइ एन्ड्रयु माउन्टव्याटन विन्डसर पक्राउ पर्नुभएको छ । बेलायतको प्रहरीले बिहीबार उहाँलाई पक्राउ गरेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सूचना प्रविधिको विकासले पत्रकारिताले सङ्ख्यात्मक फड्को मारे पनि गुणस्तरीय पत्रकारिता कायम राख्नु चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
बाँकेको कोहलपुरमा “प्रथम कोहलपुर बाँके जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८२” सुरु भएको छ ।
बुटवलका बुद्धिजीवी नागरिक अगुवाहरुले जनताले निर्धक्क भएर मत हाल्नेगरी चुनावी वातावरण बनाउन आग्रह गर्नुभएको छ ।
भारतबाट अवैध रुपले भन्सार छलेर ल्याइएको करिब दश लाख रुपियाँ बरावरको सामान सीमा सुरक्षा गुल्म जमुनाहा नेपालगन्जको सशस्त्र प्रहरी टोलीले सीमा नाकाबाट बरामद गरेको छ ।
पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा जाउलाखेल युथ क्लब १४ वर्षपछि फाइनल पुगेको छ । बिहीबार पोखरा रङ्गशालामा भएको खेलमा आभा फुटबल क्लब उज्बेकिस्तानलाई १–० गोलले पराजित गरी फाइनल यात्रा तय गरेको हो ।
आईसीसी टी–२० विश्वकपको समूह ‘बी’मा रहेको जिम्बावे समूह विजेता बनेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा उच्च पहाडी क्षेत्रको एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ।
आईसीसी टी–२० विश्वकपको समूह ‘सी’मा रहेको वेस्ट इन्डिज समूह विजेता बनेको छ । टी–२० विश्वकप २०२६ को समूह सीको अन्तिम खेलमा बिहीबार वेस्ट इन्डिजले इटालीलाई ४२ रनले हराएको हो ।
परोपकार कुञ्ज धामको थप बिकासका लागि बुटवल उपमहानगरपालिका –१५ मा धनधान्याञ्चल ज्ञान महायज्ञ सुरु भएको छ ।
बाजुरामा भारी असीना पानी परेको छ । आज दिउँसो ३ बजेदेखि ४ बजेसम्म यहाँको त्रिवेणी नगरपालिकाको विभिन्न ठाउँमा भारी असीना पानी परेको हो ।
भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज र अमेरिकी सैन्य अपरेसनका प्रमुखसँग भेट वार्ता भएको जनाइएको छ । रोड्रिगेजको सरकार र युएस साउदर्न कमान्डले सामाजिक सञ्जाल मार्फत छुट्टै भ्रमणको घोषणा गरेको जनाइएको छ ।