नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताउनुभएको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ नामक कांग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवं सवालजवाफ कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताउनुभएको हो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको पहिलो प्राथमिकता देश भएको बताउनुभएको छ । देश रहेमात्र यहाँको विकास गरी समृद्ध नेपाल बनाउन सकिने उहाँले स्पष्ट पार्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन चाहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ द्वारा बिहीबार धरानमा आयोजित 'प्रतिबद्धता घोषणा सभा' लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन र पारदर्शितालाई सुदृढ बनाउँदै समृद्ध मधेश तथा समुन्नत नेपाल निर्माणमा एकजुट हुन आह्वान गर्नुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेका सामुदायिक विद्यालयहरुलाई ‘स्मार्ट बोर्ड’ सहयोग प्राप्त भएको छ ।
सिमकोट गाउँपालिका–७, डाँडाफयाको पाल्टसी गाउँका आगलागी पीडितलाई राहत सहयोग प्रदान गरिएको छ । आगलागीबाट सम्पूर्ण क्षति बेहोर्नुभएका एक परिवारका सदस्यलाई तत्कालको समस्या समाधान गर्न गाउँपालिकाले राहत उपलब्ध गराएको हो ।
निर्वाचन आयोगको प्राङ्गणमा निर्वाचनको लागि खटिने अस्थायी रूपमा भर्ना गरिएको निर्वाचन सशस्त्र प्रहरीहरू तालिममा सहभागी हुँदै ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी २००७ साल फागुन ७ को क्रान्ति भएको बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चार माध्यमसँग अनुरोध गर्नुभएको छ।
आज प्रजातन्त्र दिवस र दशौं राष्ट्रिय निर्वाचन दिवसका अवसरमा इलाममा नमुना मतदान गरिएको छ ।
बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत गर्नु भएको छ । योजनामा उहाँले चार वटा प्रमुख क्षेत्रमा ध्यान केन्द्रित गर्नु भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले विभिन्न आन्दोलनका सहिद तथा बेपत्ता व्यक्तिका परिवार र जेनजी आन्दोलनका घाइतेलाई सम्मान गर्ने भएको छ ।