आशन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) मधेश प्रदेशले प्रदेशस्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ।
मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ ।
नेपाली कांग्रेसले सङ्घमा १६ र प्रदेशमा ६ मन्त्रालय मात्र राख्ने चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक भएको प्रतिज्ञामा कांग्रेसले संघमा १६ र प्रदेशमा ७ मन्त्रालय रहने र अनावश्यक संरचना खारेज गर्ने उल्लेख गरेको हो।
आज विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय समाचार समिति (रासस) को यात्रा समाचार सम्प्रेषणको इतिहास मात्र नभई नेपालको आधुनिक पत्रकारिताको आधारस्तम्भ भएको बताउनुभएको छ ।
सुडानको डार्फर क्षेत्रमा विद्रोही समूहले गत अक्टोबरमा सञ्चालन गरेको आक्रमणमा ‘नरसंहारको पहिचान’ देखिएको संयुक्त राष्ट्रसङ्घ समर्थित स्वतन्त्र तथ्य-अन्वेषण मिसनले निष्कर्ष निकालेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ । पार्टीले बिहीबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित एक सभाबीच वाचा पत्र सार्वजनिक गरेको हो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव २०६५ साउनमा निर्वाचित हुनुभएको थियो ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले द्रुत गतिमा विस्तार भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिलाई सुरक्षित र जिम्मेवार दिशामा अघि बढाउन विश्वस्तरमा साझा नियम आवश्यक रहेको बताउनु भएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय समाचार समिति (रासस) को ६५ औँ वार्षिकोत्सव मूल समारोहको आज उद्घाटन गर्नुभएको छ ।
सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते हुनुभएको छ । मलङ्गवा नगरपालिका–४ निवासी रामविश्वास रामका १५ वर्षीय छोरा आकाश राम गोली लागेर घाइते हुनुभएको हो ।
क्याम्पस स्थापनाको १९ औँ वार्षिकोत्सवका अवसरमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. दीपक अर्यालले ४३ जना विद्यार्थीलाई दीक्षित गर्नुभएको हो ।
नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचन २०८२ को घोषणापत्र जारी गर्दै आगामी सरकार आफ्नो दलको नेतृत्वमा बनेमा देशभरका सबे विद्यार्थीलाई निर्व्याजी २० लाख रुपियाँ ऋणको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ ।
सात दशकअघिको जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्र उदयको त्यो ऐतिहासिक दिन बिहीबार तनहुँको बन्दीपुरमा पुनः गुञ्जायमान भएको छ ।
नेकपा (एमाले) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा, र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको छ ।