• ७ फागुन २०८२, बिहिबार

नेकपा (एमाले) को चुनावी घोषणापत्र

तत्काल गर्ने ११ काम, देश समृद्ध बनाउने २५ स्तम्भ (पूर्णपाठ)

blog

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन ७ गते । नेकपा (एमाले) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा, र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको छ । 

निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रीपरिषद् बैठकबाटै निर्णय गरेर समयसीमा तोकी तत्काल गर्ने ११ काम अघि बढाउने प्रतिवद्धता एमालेको छ ।  “फेरि अर्को भ्रम हाम्रो सामु चर्चा गरिंदैछ– पुस्तान्तर र अन्तरपुस्ता द्वन्द्व ! यो देश पुस्ताहरूबिचको द्वन्द्वले बनेको होइन । द्वन्द्वले बन्दैन पनि” एमालेले स्पष्ट पारेको छ । देश बनाउन युवाको ऊर्जा चाहिन्छ । त्यो जोश, त्यो सपना, त्यो हिम्मत जसले जस्तोसुकै कठिन पहाड पनि चढ्न सक्छ भन्दै एमालेले भनेको छ, “सँगसँगै, अनुभवी पुस्ताको दृष्टि पनि चाहिन्छ । त्यो बुद्धि, त्यो संयम, त्यो मार्गदर्शन जसले युवा लड्खडाउँदा भरोसा दिन्छ।” 


युवा भन्नु आगो हो, तर आगोलाई दिशा चाहिन्छ, नत्र त्यही आगोले जलाउँछ एमालेले भनेको छ, “अनुभव भन्नु उज्यालो हो, तर उज्यालोलाई पनि ऊर्जा चाहिन्छ, नत्र उज्यालो आफैं निभ्छ।” ‘आगो र उज्यालो’ दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुने सो दलको बुझाइ छ । “हाम्रो राजनीति सबै पुस्तालाई जोड्ने, मिलाउने, साथ लिएर हिंड्ने हो । त्यसैले यो निर्वाचन पुस्तान्तरको होइन, देश बनाउने र भत्काउनेबिचको जनमत संग्रह हो। यो निर्वाचन राष्ट्रघात र स्वाभिमान बिचको संघर्ष पनि हो।”


यस्ता छन् एमालेको समृद्ध नेपाल बनाउने २५ स्तम्भ (पूर्णपाठ)