• ७ फागुन २०८२, बिहिबार

सिडेन मधेशद्वारा प्रदेशभर समिति गठन

blog

बैठकमा सहभागी सिडेनका पदाधिकारीहरु ।

लक्ष्मी चौधरी

जनकपुरधाम, फागुन ७ गते ।आशन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) मधेश प्रदेशले प्रदेशस्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ।

बिहीबार प्रदेशस्तरीय बैठकबाट निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन विभिन्न उपसमिति सहित मूल निर्वाचन परिचालन समिति गठन गरेको हो । 

 सिडेनका मधेश प्रदेश अध्यक्ष इन्जिनियर राजकिशोर भिनवारको अध्यक्षता तथा मधेशी प्रजातान्त्रिक इन्जिनियर समाजका केन्द्रीय अध्यक्ष इन्जिनियर धर्मनारायण साहको प्रमुख आतिथ्यतामा सो बैठक सम्पन्न भएको छ ।

बैठकमा सिडेन र मधेशसँग आबद्ध प्रदेश समिति सदस्यहरू तथा अग्रज इन्जिनियरहरूको उपस्थिति रहेको थियो। सो अवसरमा मधेश प्रदेशस्तर तथा ३२ वटै संसदीय निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गरिएको सिडेनले जनाइएको छ।

समितिमा संयोजक, सह–संयोजक, सदस्य तथा सल्लाहकारहरू समावेश गरिएको अध्यक्ष भिनबारले जानकरी दिनुभयो ।

 प्रचार–प्रसार, मतदाता सम्पर्क तथा समन्वयका लागि छुट्टाछुट्टै समूह गठन गरी उम्मेदवारहरूसँग समन्वय गर्दै प्रत्येक क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो।

बैठकमा वक्ताहरूले आसन्न निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न संगठित र योजनाबद्ध रूपमा परिचालन हुनुपर्नेमा जोड दिएका छन्।

 साथै लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्दै विकास र समृद्धिको एजेण्डा जनतामाझ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ।